• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

प्रसासन र मुस्लिम अगुवाहरू बिच कोरोना भाइरसको रोकथाम प्रति वृहत छलफल


  •     / २०७६, २७ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    अजय मिश्र,कपिलवस्तु , चैत्र २७ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा आएका मस्जिद मदरसाका अध्यक्ष र अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर राणा, सशस्त्र प्रहरी बल का जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी लगायत अधिकारीहरु बिच बृहत छलफल भएको थियो।

    धार्मिक हिसावले मुस्लिमहरुको भेला र अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन पनि आग्रह गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ–आफनो घरमा नमाज पढ्नको लागि आग्रह गरिएको थियो । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ता भित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सबैले सहयोग गर्नुपर्ने बताए । आ–आफ्नो स्तरबाट कोरोना भाइरस बिरुद्ध सचेतना जगाउन सवै अल्पसंख्यक मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम समुदायका अगुवा र मदरसा मस्जिदका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाल सरकारले दिएको निर्देशनको सम्मान गर्दै पूर्णरुपमा पालन गरेको र निरन्तर समाजमा जन चेतना मूलक कार्यक्रम गरी अल्पसंख्यक मुस्लिम समुदाय लगायत अन्य समुदायहरुमा पनि सचेतना दिदै कोरोना भाइरस रोकथामको लागि कपिलवस्तुमा रहेका प्रत्येक मदरसाहरुलाई चैत्र ५ गतेदेखि नै बन्द गरी सकेको ५नं प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले उल्लेख गरे ।

    उपाध्यक्ष खाँले नमाज पढ्नामा सवैभन्दा भिड हुने शुक्रबार मस्जिदमा नमाज पढ्नमा रोक लगाइसकेको समेत जानकारी दिए। कार्यक्रममा अकिल मियाँले अल्पसंख्यक नेपाली मुस्लिमहरु सधैभरी आफनो देशको अप्ठ्यारो परिस्थीतिमा नेपाल सरकारको साथ दिदै आएको छ।मुस्लिम समुदायले भब्य रुपमा मनाउदै आएका मोहम्मद डे जसमा दशौ हजार मुस्लिम एकत्रित भइ हर्षोल्लासका साथ प्रत्येक बर्ष बनाउदै आएका थिए । तर गत बर्ष कृष्णनगरको स्थिति ठिक न रहेकोले समुदायले मोहम्मद डे भब्य तरीकाले न मनाइ आ आफ्नो घर मै मनाएका र यस्ता किसिमका धेरै उदहारण रहेका छन् । आज देशलाई कोरोना भाइरसको उच्च जोखिमबाट बचाउना हुन सक्ने सहयोग दिन यो समुदाय तैयार रहेको सभापति मियाले बताउदै कुनै न कुनै दिन यो लाकडाउन खुल्छ र खुले पछि विदेशहरुमा फसेका नेपाली हरु एक्काशी हजारौ हजारको संख्यामा नेपाल भित्र आउछन।

    विदेश बाट आउने मान्छेहरुको सीमा नाका व एयरपोर्टमा उचित चेक जाच गरेर मात्रै नेपालमा आउन दिने नेपाल सरकार संग अग्रह समेत गरे । छलफल को क्रममा मिर्जा अरसद बेग, यशोधरा गाऊपालिका समिति अध्यक्ष हजरत अली लगायतका अगुवाहरुले आ आफ्नो सुझाव सल्लाह दिई आफू बचौ र अर्का लाई बचाउन पूर्ण सहयोग दिने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की लगायत जावेद आलम, नूर मोहम्मद खालिद, मौलाना नियाज मदनी, अब्दुल मोतिम, फैजल खान,इकरार अहमद खां,अहले सुन्नत नाईमिया नेपाल का अध्यक्ष नसरुल्लाह खां, जमाल शाह, युवा व्यापारी असलम खां, मौलाना जहरीर अहमद बरेलवी, जामिया इस्लामिया नईमिया विद्यालय का अध्यक्ष अब्दुल कलाम खां लगायत मुस्लिम अगुवा हरु को उपस्थित रहेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ४. ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    धेरै पढिएको
    • १. वेलवास माविमा अक्षयकोष स्थापना, चेतन भुसालद्वारा एक लाख बढीको सहयोग

    • २. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • ३. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ४. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.