• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिमानामा विवाद, सदरमुकाममा सुरक्षा फौज ! सशस्त्र प्रहरी भन्छ– जनशक्ति नै पुग्दैन


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

     

    दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको राजनीतिक नक्सामा समावेश भएपछि नेपालमा विरोध भइरहेको छ । सरकारले पनि कालापानी नेपाली भूमि भएको बताइसकेको छ ।  तर, सीमाक्षेत्रको रक्षा गर्ने जिम्मा पाएको अर्धसैन्य सुरक्षा फौज सशस्त्र प्रहरी बल भने ती स्थानमा पुग्न सकेको छैन । सशस्त्रको टोली नं. ५० गुल्म हेडक्वार्टर सदरमुकाम खलंगामा छ । जहाँबाट विवादित नेपाली भूमि पुग्न करिब ५ दिनको यात्रा गर्नुपर्छ ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार गर्मी याममा रेकीका लागि जिल्लाको टोली सीमा क्षेत्रसम्म पुग्ने गरेको थियो । तर, यो वर्ष सडक निर्माणका लागि पहाड खनिएकाले मान्छे हिँड्न सक्ने अवस्था छैन । उनको भनाइ अनुसार ‘पहिले गोरेटो बाटो रहेछ, अहिले छाँग भन्ने ठाउँमा रहेको भीर कट्न समस्या छ’, ।

    दार्चुला सदरमुकाममा पनि पर्याप्त जनशक्ति छैन । सामान्यतयाः गुल्ममा १६० जनाको दरबन्दी राख्ने गरिन्छ । तर, दार्चुलामा सुरक्षाकर्मीको संख्या मुस्किलले सय जना मात्र पुग्छ ।

    नेपाल–भारत सीमामा विवाद हुने गरेको अर्को सीमा पश्चिम नवरपरासीको सुस्ता पनि हो । जहाँ सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा बोर्डर आउट पोष्ट (बीओपी) खडा छ तर, जनशक्ति समस्या उस्तै छ । अधिकृतहरुका अनुसार बीओपीमा ३५ जनाको दरबन्दी रहने भए पनि हाल २० जना मात्रै कार्यरत् छन् ।

    नापी विभागको तथ्यांक अनुसार १८ सय किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा भारतले दुई किलोमिटरको दूरीमा बोर्डर आउट पोष्ट (बीओपी) राखेको छ । तर, नेपाली टोली भने १७ किमीको दूरीमा बसेको छ, त्यही पनि अपुरो जनशक्ति लिएर ।

    उत्तरी सीमामा पनि उपस्थिति शून्य

    चीनसँग सीमा जोडिएको १४ सय किमी क्षेत्रमा झन् विकराल स्थिति छ । हालसम्म उत्तरी सीमा सम्बन्धी विवाद सतहमा नआए पनि ती क्षेत्रमा नेपाली सुरक्षा फौजको उपस्थिति शून्य प्रायः छ ।

    जस्तैः गोरखामा सशस्त्र प्रहरीको फौज सदरमुकाममा मात्रै छ । तिब्बतसँग जोडिएको उत्तरी सीमामा पुग्न यो टोलीलाई एक हप्ता पैदल हिँड्नु पर्छ ।

    सशस्त्रका प्रवक्ता एवं डीआईजी श्रेष्ठका अनुसार उत्तरी सीमा जोडिएको चार स्थानमा हालै बीओपी राख्न प्रस्ताव गरिएको छ । ‘हुम्लाको हिल्सा, मुस्ताङको लामाङ्थाङ, संखुवासभाको किमाथांका र लिपुलेकमा बीओपी राख्न प्रस्ताव गरिएको हो’, उनले अनलाइनखबरसँग भने ।

    सीमामा तीन निकाय तर, विवादै बढी

    सशस्त्र प्रहरी ऐन, २०५८ ले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको थियो । त्यसअघि नेपाल प्रहरी नै सीमा क्षेत्रको सुरक्षामा खटिँदै आएको थियो ।

    तर, अझै पनि भारततर्फ ५४ र चीनतर्फ १० गरी ६४ वटा नेपाल प्रहरीको सीमा सुरक्षा चौकी यथावत् छ । तीमध्ये ४ वटा कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड छ ।

    नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल भने सीमामा हुने अपराधको अनुसन्धानका लागि ती चौकी राखिएको बताउँछन् । ‘सीमा क्षेत्रमा हुने सबै किसिमका अपराध, तस्करी, राजश्व चुहावट जस्ता विषयलाई सीमा चौकीले हेरिरहेको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने ।

    सशस्त्र प्रहरीले ११ असोज ०६९ को मन्त्रिपरिषद् निर्णयबाट राजश्व, भन्सार तथा औद्योगिक सुरक्षाको जिम्मा पाएको थियो । जिम्मेवारी दोहोरिएकाले दुई सुरक्षा निकायबाट समय–समयमा क्षेत्राधिकारको विवाद पनि सार्वजनिक हुने गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अखिल (क्रान्तिकारी) द्वारा श्रद्धाञ्जली सभा सम्पन्न
    लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.