• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सम्माननीय प्रधानमन्त्री ओलीद्वारा सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स


  •     / २०७६, २९ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    चैत २९,२०७६ सम्माननीय प्रधानमन्त्रीले आज सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स गरी प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका काम बारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिनुभयो ।

    सम्माननीय प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले जननिर्वाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताउनुभयो ।सम्माननीय प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष बनाएर योगदान गर्न प्रदेश सरकारले अपील गरेको र सरकारले १० करोड रुपैंया जम्मा गरेको जानकारी दिनुभयो ।

    त्यसैगरी स्थानीय नहलाई परिचालन गर्न महत्व दिएको र भिडियो कन्फ्रेन्स गरी एकअर्काको अनुभव आदानप्रदान गरेकोे उहांले बताउनुभयो । मुख्यमन्त्रीले एकीकृत सूचना प्रणाली तयार गरी प्रत्येक पालिकाको विवरण प्रदेशको नेटर्वकमा आउने व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।
    उहाँले प्रदेशमा आइसियु सहितको चार वटा कोरोना विशेष अस्पताल स्थापना गरी उपचारको आवश्यक प्रबन्ध गरेको, अहिले प्रदेशमा ३ सय ४२ वटा क्वारेन्टाइन रहेको र त्यहा २ हजार ३ सय ५६ जना बस्न मिल्ने अवस्था रहेको बताउनुभयो ।

    अहिले खेती स्याहार्ने र लगाउने समय भएकाले सामाजिक दुरी कायम गरी उत्पादनको काममा नागरिकलाई लाग्नका प्रेरित गर्न उहाँले जोड दिनुभयो ।अन्त्यमा सम्माननीय प्रधानमन्त्रीले तीनै तहका सरकारको एकीकृत प्रयासले कोरोना विरुद्धको लडाई जित्न सकिने भएकाले उत्साहका साथ काममा जुट्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.