• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

काठमाडौबाट बर्दिया सम्म पाँच दिनदेखी हिडेका पैदल यात्रीलाइ सैनामैना नगरले पठायो बसमा


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement


    सुचनाडबली सहकर्मी चैत्र ३०, सैनामैना/बर्दिया जानका लागि काठमाडौंदेखि पैदल यात्रा गरी आएका ७५ जना मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घरतर्फ पठाइदिएको छ ।

    पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदूरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले डिलक्स बसको व्यवस्था गरी घरतर्फ पठाएको हो ।

    शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिएका हुन् । उनीहरूले आइतबार दिउँसो घरतर्फ लागे ।यसका अलावा रूपन्देही लगायतका विभिन्न क्षेत्रमा नि्र्माण मजदुरका रूपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

    उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो ।कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलवस्तु वाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।

    शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरूलाई सैनामैना वडा नं. १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित बस्ने व्यवस्था मिलाइएको थियो ।

    चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी गराए ।विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.