- सुबास बेल्बासे बैशाख१ रुपन्देही/नेपाल स्वयंसेवक संघ जिल्ला कमिटि परासि ले विषम परिस्थिति लाई बुझ्दै बृद्धआश्रम लाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
सुनवल नगरपालिका वडा नम्बर 13 स्थित पबित्र बृद्धआश्रम सगर पोखरि लाई नया बर्ष को अवसर पारेर संस्था ले खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । विभिन्न सामाजिक काम गर्दै आईरहेको सस्थाले विश्व भर फैलिएको माहामारी रोग कोरना भाइरस का कारण दैनिक आवस्यक पर्ने खाद्यान्नहरु बृद्धहरुलाई सहयोग गरेको हो ।
संस्था का जिल्ला अध्यक्ष बिक्की डुम्रे केन्द्रिय सदस्य सागर पौडेल जिल्ला सदस्य अमृत शर्मा , गोविन्द सुवेदी सहित उक्त सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष बिक्की डुम्रे ले जानकारी दिनुभएको छ । सस्थाले अनाथ असहाय बृद्ध अपाङ्गलाई सहयोग, विभिन्न जनचेतना तालिम तथा शिक्षा मुलक कार्यक्रमहरु प्रदान गर्दै आई रहेको छ ।