• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बालबालिकालाई चिसोबाट जोगाउन ध्यान दिनु पर्ने कुराहरु ।


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement

    मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।

    समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले ठूलो रूप लिन सक्छ ।

    त्यसैले यो समयमा बालबालिकाको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिसो मौसममा लाग्ने विभिन्न रोगबाट बालबालिकालाई बचाउन अविभावकले विशेष ध्यान दिनुपर्छ भने यस्ता खालका समस्या घरेलु उपचारबाट पनि निको पार्न सकिन्छ ।

    चिसोको समयमा बालबालिकामा देखिने समस्या, त्यसको रोकथाम र समाधानका उपाय के–के हुन् ?

    चिसो मौसममा देखापर्ने समस्या 
    चिसोको समयमा शरीरका सबै नसा खुम्चिने गर्छन् । यसले मस्तिष्क, मुटु जस्ता महत्त्वपूर्ण अङ्गमा रक्तसञ्चार राम्रोसँग हुँदैन । त्यसैले चिसो मौसममा शरीरलाई तातो बनाइराख्नु पर्छ । अन्य व्यक्तिले स्वास्थ्यमा आएको समस्याको बारेमा भन्न सक्छन् भने बालबालिकाले भन्न सक्दैनन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा कस्ता किसिमको समस्या छन् भन्ने अभिभावकलाई पनि जानकारी हुँदैन । सामान्य रुघाखोकी बढ्दै गएर निमोनिया भएपछि मात्रै थाहा हुन्छ ।

    बालबालिकालाई चिसो लाग्यो भनेर थाहा पाउने भनेको सुरुमा रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, खाने कुरा निल्दा घाँटी दुख्ने, आँखामा कचेरा आउँने, आँखा रातो हुने जस्ता लक्षणहरु हुन् । यी लक्षणलाई समयमा नै पहिचान गरी उपचार गर्न नसकेको खण्डमा रुघाखोकी बढ्दै जाने र अन्त्यमा निमोनिया हुने सम्भावना हुन्छ ।

    साथै बालबालिकामा चिसोको कारणले झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वारो आउने हुन्छ । यस्ता लक्षण थाहा पाएपछि बालबालिकालाई चिसो लाग्न सुरु भयो भनेर अभिभावक सचेत हुनुपर्छ । सचेत भइएन भने  निमोनियासम्म हुन सक्छ । चिसोको समयमा बालबालिकाको छाला सुख्खा हुने, चिलाउने समस्या पनि हुन्छ ।

    अपनाउनुपर्ने उपाय
    बालबालिकालाई चिसोबाट बचाउनका लागि बिहान उठेपछि मनतातो पानी, दूध खुवाउनुपर्छ । यी कुराले रातभर लागेको चिसो हटाउन मद्दत गर्छ । साथै केही समय घाममा राख्ने, लामो समयसम्म घाममा राख्दा बालबालिकाको शरीरमा पानीको मात्रा कम हुने हुँदा बेलाबेलामा पानी खुवाइरहनु पर्छ । सकेसम्म बिहानको घाममा राख्दा राम्रो हुन्छ । घाम कम लाग्ने हुँदा चिसो मौसममा जुनसुकै समयमा पनि घाममा राख्न सकिन्छ तर घाममा बस्दा पानीको मात्रामा भने ध्यान दिनुपर्छ  ।

    सुन्तला अचुक औषधि 
    पानी खान नमान्ने बालबालिकाका लागि भने सुन्तला खुवाउँदा पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिसो मौसममा सुन्तलाले औषधिको काम गर्छ । सुन्तलामा पानीको तत्त्व, भिटामिन सी हुन्छ । रुघाखोकीविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने हुँदा चिसो मौसममा सुन्तला र कागतीलाई उपयुक्त मानिन्छ । सिजनको फलफूलले कुनै पनि असर नगर्ने हुँदा सुन्तला उपयुक्त फल हो । साथै बदाम, बेसारले शरीर तताउनका लागि सहयोग गर्ने हुँदा यी खानेकुरा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

    मालिस गर्ने समयमा विशेष ध्यान दिनुस्   
    बालबालिकालाई चिसोबाट बचाउन घाममा राखेर मालिस गर्न सकिन्छ । बिहान कम घाम लागेको बेलामा सबै कपडा खोलेर मालिस गर्दा चिसो लाग्ने सम्भावना हुन्छ । धेरैजसो बालबालिकालाई मालिसकै क्रममा पनि चिसो लाग्ने, मालिस गर्ने समयमा ध्यान नदिँदा निमोनियासमेत भएको पाइन्छ ।

    बालबालिकालाई मालिस गर्ने ठाउँ १५ मिनेट अघिदेखि नै तातिसकेको हुनुपर्छ । बालबालिकाको कपडा फेर्ने समयमा पनि ध्यान दिनुपर्छ । कपडा तताएरमात्र लगाइदिनु पर्छ ।

    बालबालिकालाई लगाउने कपडा घाममा राखेर वा हिटरमा तातो बनाएपछि फेर्ने हो भने धेरै हदसम्म चिसोबाट बचाउन सकिन्छ । तातो नभएको कपडा लगाउँदा शरीरको सबै तातो त्यो कपडाले सोस्ने हुँदा शरीरमा चिसो लाग्न सक्छ ।

    चिसोको समयमा धेरै हिटर प्रयोग गर्ने चलन छ । मालिस गर्ने समयसम्म मात्रै हिटर बाल्ने, त्यसपछि बन्द गर्दा राम्रो हुन्छ । हिटरबाट निस्कने कार्बनडाइ अक्साइडले श्वासप्रश्वासमा समस्या हुने हुँदा लामो समयसम्म हिटर नबाल्दा नै राम्रो हुन्छ । साथै चिसोको समयमा तातोको लागि कोइला पनि बालिन्छ । कोइलाबाट निस्केको धुवाँले श्वासप्रश्वास तथा बालबालिका निसासिने हुँदा सकेसम्म बाल्दै नबाल्ने, यदि बाल्नु नै परेको खण्डमा खुला ठाउँमा बाल्न उपयुक्त हुन्छ ।

    धेरै कपडा नलगाइदिनुस् 
    चिसो समयमा झ्यालढोका सबै थुनेर सुताउँदा निसासिएर बालबालिकाको निधन भएको घटना पनि आइरहेका हुँदा यस्ता कुरामा पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । चिसो मौसममा बालबालिकालाई धेरै कपडा लगाउने र न्यानोका लागि भन्दै धेरै ओडाउने हुँदा पनि बालबालिका निसासिने सम्भावना हुन्छ । सकेसम्म धेरै कपडा नलगाउने, राति बालबालिकाले पिसाब गरे–नगरेको, ओड्नेले ढाके–नढाकेको पटक पटक हेर्दै गर्नुपर्छ । धेरै कपडा लगाउँदा पसिना आउने र सो पसिना शरीरले सोस्दा बालबालिकालाई चिसो लाग्ने र निमोनिया हुने सम्भावना हुन्छ ।

    राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ । राति सुत्दा ओडाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ । बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी नलाउँदा नै राम्रो हुन्छ ।

    निमोनियाबाट जोगाउनुुस्
    सिँगान बग्ने, धेरै दिनसम्म लगातार खोकी लाग्ने, ज्वरो आउने, सास फेर्दा नाक फुल्ने, आँखाबाट आँसु आउने, दूध चुस्न नसक्ने र बालबालिका रोइरहेको छ भने निमोनिया भएको हो कि भन्ने शङ्का गर्न सकिन्छ । दूध खाए पनि बान्ता हुने, पातलो दिसा हुने, खोकी लाग्ने, आँखाबाट आँसु बग्ने, हातखुट्टा चिसो, शरीर तातो छ भने निमोनिया हुन थालेको भनेर बुझ्नुपर्ने हुन्छ ।

    रोकथामका उपाय 
    चिसो मौसममा देखिने समस्या समाधानका लागि औषधि नै चाहिन्छ भन्ने छैन । घरायसी उपचारबाट पनि चिसोबाट बालबालिकालाई बचाउन सकिन्छ । तर हामी घरायसी उपचारलाई महत्त्व नदिई औषधिको पछि लाग्दै आइरहेका छौँ । धेरै नै गाह्रो भएको समयमा औषधि पनि प्रयोग गर्नुपर्ने हुन्छ नत्र घरायसी उपचारबाट पनि निको पार्न सकिन्छ । औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ ।

    घरेलु उपचारका लागि तुलसीको पत्ता तातोपानीमा राखेर खुवाउने, मह, अदुवा तातोपानीमा पकाएर खुवाउने, चिनी पानी पकाएर कागती हालेर खान दिने । दूधमा बेसार राखेर खुवाउने, कालो चियामा अदुवा, बेसार राखेर खुवाउने हो भने चिसो मौसममा लाग्ने रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।

    साथै बालबालिकालाई घाममा राख्ने, मालिस गर्ने । विद्यालय उमेरका बालबालिका छन्, कक्षा कोठा चिसो छ भने एउटा कक्षा सकेपछि ५ देखि १० मिनेट घाममा बस्न दिँदा पनि चिसोबाट बचाउन सकिन्छ ।
    चिसोको समयमा अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्कुल जाने उमेरका बालबालिकालाई खाजा पठाउँदा पनि चिसो नहुने भाडामा राखेर पठाउँदा राम्रो हुन्छ । स्कुलमा खाजा खाने समयमा घरबाट नै खाजा लगेर खुवाउँदा अझ राम्रो हुन्छ ।

    यी सबै उपचार विधिहरु ६ महिनाभन्दा माथि उमेरका बालबालिकामा लागू हुन्छ भने ६ महिनाभन्दा मुनिका बालबालिकाका लागि भने आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधबाट बालबालिकाले सबै प्रकारको तत्त्वहरु पाइरहेको हुन्छ । साथै घाममा राख्ने, मालिस गर्ने र आमाको दूध खुवाउन सकिन्छ ।

    रुघाखोकी कसैलाई ३ दिन, कसैलाई ७ दिन त कसैलाई १० दिनपछि निको हुन्छ । त्योभन्दा पनि लामो समयसम्म लागिरह्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्दा राम्रो हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
    सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.