बिमल प्रसाद पाेख्रेल बैशाख ,१ प्युठान प्युठानकाे झिमरुक गाउपालिका दुईले नाेभेल काेराेना भाईरसले बिश्वभर निम्ताएकाे महामारिले गर्दा नेपालमा गरिएकाे लकडाउनका कारण गरिब बिपन्न तथा ज्यालादारीहरुकाे साझ बिहान छाक टार्न मुस्किल भएकाे देखिन्छ।
झिमरुक गाउपालिकाले राहत वितरण गर्ने क्रममा अाज दुई नम्बर वडा कार्यलय बादिकाेटले ६० घरपरिवारका ज्यालादारि , विपन्न परिबारकाे चुल्हाे बाल्न मदत गरेकाे छ प्रत्यक परिवारमा तीस किलाे चामल,दाल तीन किलाे,नुन किलाे,साबुन चार पिस,अण्डा छ पिस खाने तेल दुई लिटरका दर राहत बितरण गरेकाे वडा सचिब अजित प्रसाद पाण्डेले बताउनु भयाे।वडाम ठुलाे महामारि निम्तियाे भने सहज बनाउन राहत काेष खडा गर्ने वडा अध्यक्ष बलबहादुर एम . सिले बताउनु भयाे।
भारतबाट चाैध जना वडामा अाएकाे २० दिन नाघि सकेकाे र कुनै पनि ब्यक्ति मा कुनै समस्या नभएकाे ।बिदेसमा रहेकाहरुकाे डाटा संकलन गर्न लागेकाे एम सिले बताउनु भयाे।सर्बदलिय बैठक बसि समान तरकारीले गरिब बिपन्न र ज्यालादारि पहिचान गरि वितरण गरेकाे एम. सिले बताउनु भयाे।