• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपालमा फसेका भारतीय तिर्थ यात्रीहरुमा मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    कृष्णनगर  बैशाख २,२०७६ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरु मा मंगलवारका दिन राहत सामग्री वितरण गरियो।कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारणले नेपाल भारत लगायत अन्य देशहरुमा पनि लाकडाउन रहेको अवस्था छ। नेपाल भारतको सम्बन्ध रोटी बेटीको र मित्र राष्ट्र भारत उत्तर प्रदेश बलरामपुर जिल्लामा घर भएका ३६ जना तिर्थ यात्रीहरु नेपालको त्रिवेणी धाममा तिर्थ यात्रामा आएका थिए यात्रा पूरा गरि आफ्नो देशमा फर्कने क्रममा कोरोना भाइरसको त्रासको कारणले नेपाल भारत दुबै देशमा लाकडाउन भइ सीमा नाकाहरु समेत सिल भएको कारणले तिर्थ यात्रीहरु कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं१ सेमरा मा दुइ हप्ता देखि फसेका छन।

    उक्त बिषयको जानकारी प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पाउन साथ आफ्नो सहयोगी राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी,हेरा शैक्षिक तथा मानवीय सेवा समाज का महासचिव शैख जैस मक्की, सम्बन्धित वडा अध्यक्ष टुंग नाथ चौधरी र पत्रकार हरुको साथ तिर्थ यात्रीहरु रहेका स्थलमा पुगी चामल ७० किलो, २५किलो दाल, २५किलो पिठो, २५किलो आलू, खाने तेल, नून लगायतका समाग्री हरु दिदै प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भनेकि आफूहरु जाति धर्म हेरेर होइन वास्तविक पिडीतको आधारमा राहत दिदै आएका छौँ।

    भारतीय तिर्थ यात्री नेपालमा फसेको हेर्दा आफू लाई निकै दुख लागेको र दुई देश बिच मित्रता समेत कायम रहेको ले हाम्रो कर्तव्य उहाहरु लाई सक्दो सहयोग गर्ने समेत रहेको छ।
    गरिब असहाय लाई राहत दिनु मानवीय कार्य रहेको र आफू हरु सधै सके सम्म गरिब असहाय र समस्यामा परेका लाई सहयोग गर्ने राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो ।प्रदेश नं.५ मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा वितरण गरियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.