• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना महामारीः विजयनगरले उच्च सतर्कता अपनाउँदै अघि बढिरहेको छ :अध्यक्ष थापा


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    घनश्याम भर बैशाख ३ –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले बुधवार सर्बदलीय बैठक सम्पन्न गरेको छ । कोरोना महामारीबाट आफु बच्न र अरुलाई बचाउनका लागि सर्बदलीय बैठक बसेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम दिनप्रतिदिन नेपालमा बढिरहेको अवस्थामा गाउँपालिकाले बेलैमा नियन्त्रण तथा रोकथाम गर्न उच्च सतर्कता अपनाउँदै अघि बढेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

    यस विषम परिस्थितिमा सबै सरोकारवालाहरुले जिम्मेवार भएर लागे नियन्त्रण गर्न सकिने थापाले बताउनुभयो । उहाँले यस संकटको घडीमा सबै दलहरुलाई समन्वयकारी भूमिकाको निर्वाह गरी कोरोना महामारीसँग सामना गर्न एकजुट भएर लाग्न आग्रह गर्नुभयो । गाउँपालिका भारतको सिमानासँग जोडिएकोले भारतबाट आउने व्यक्तिको सम्भावना बढी हुन सक्ने बताउँदै सिमानामा निगरानी बढाउन चौबिसै घण्टा प्रहरी प्रशासन खटाइएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले बाहिरबाट गाउँपालिका भित्र पस्नेलाई पत्ता लगाउन र गाउँवासी बीचको सामाजिक दुरी कायम गर्न प्रत्येक गाउँमा युवा परिचालनसमेत गर्ने बताउनुभयो । अत्यावश्यक परेको खण्डमा वडा नं. ७ को आयुर्वेदिक अस्पताल प्रसोहियामा आइसोलेशनको व्यवस्था गर्ने थापाले बताउनुभयो । सरकारले लगाएको लकडाउनमा दीर्घरोगीको उपचारको सुविधको लागि एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिँदै सबै दलबाट आएको सल्लाह सुझावलाई स्वीकार्दै अघि बढ्ने प्रतिबद्धता थापाले जनाउनुभयो ।

    सबै दलले कोरोना महामारीको रोगसँग मिलेर लड्न तयार रहेको बताएका छन् । यस विषम परिस्थितिमा एकजुट भएर कोरोना विरुद्ध बढ्नु हामी सबैको जिम्मेवारी भएको भन्दै यस लडाईका साथ दिने प्रतिबद्धता जनाएका छन् । यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रहरी प्रशासनलाई दिनमा एक पटक प्रत्येक गाउँ–गाउँमा पसेर सम्र्पूण गतिविधि बुझी सामाजिक दुरी कायम गराउने बताउनुभयो । यसरी चौक चौराहामा मानिसहरुको भीडमा कमी आउनुको साथै सचेत हुँदै जाने कुरामा जोड दिनुभयो ।

    विहिवार गाउँपालिको सबै वडामा सरकार तोकेको मापदण्ड अनुरसार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदुर वर्गलाई राहत वितरण गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.