• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दान बाेक्दा राहतकाे आराेप


  •     / २०७७, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संवाददाता प्यूठान , वैशाख -४ स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्यूठानमा स्थानीयको १३ औं दिनको पूण्यतिथीमा भाञ्जालाई गरेको दानका सामाग्री गिर बहादुर घर्तीले सम्बन्धित ठाउँमा पुराउन जादा राहत वितरण सम्बन्धिको गलत बुझाईले अर्को वादविवाद चुलिएको छ ।
    विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा सोही विषयलाई लिएर पोष्ट गर्दा विभिन्न टीकाटिप्पणी भएका छन । सारी निवासी डिल्लीराज भण्डारीको ममतामयी माताको स्वर्गाहरण भएको १३ औं दिनको पूण्यतिथीमा भिङ्ग्रीका भाञ्जालाई गरेको दानको सामाग्री धेरै दिन घरमा राख्न नहुने त्यसलाई सम्बन्धित ठाउँमा पुर्याउनु पर्ने मान्यता अनुसार डिल्लीले गरेको अनुरोध अनुसार आफूले सहयोग गर्न त्यो सामाग्रीलाई पुराउन जादा त्यसको वास्तविकता नबुझी आफूखुसी राहत वितरण गर्न थाल्यो भनेर प्रहरीलाई खबर गरेर बोलाउने र वडा अध्यक्षले पनि कस्तो खालको राजनीति हो भनेर भन्दा यस्तो विवाद भएको गिर बहादुर घर्तीले बताए । उनले भने , ” मैले दानको सामाग्री सम्बन्धित ठाउँमा पुराउन लैजादै गर्दा वडा अध्यक्ष हिरामणी भण्डारीले बाटैमा रोकेर किन यस्तो गर्नुहुन्छ भन्ने प्रश्न गर्नु भयो , मैले दानको सामाग्री हो भने अध्यक्ष ज्यूले त्यसलाई वितरण गर्ने राहत सम्झिनु भएछ । ”

    वडअध्यक्षले राहत वितरण गर्न थाल्यो भनेर प्रहरीलाई खबर गरेको हुनाले प्रहरी पनि आफूलाई समात्न सोही ठाउँमा तत्काल आएको बताउदै गिर बहादुर घर्तीले भने,” के विषम परिस्थितिमा नागरिकलाई सहयोग गर्न मिल्दैन ? यो संकटको अवस्थामा देखेपछि जस्तोसुकै सहयोग नि गर्न पाउनु पर्छ । ” वडा अध्यक्ष हिरामणी भण्डारीले प्रहरीलाई आफूले खबर नगरेको अन्य कुनै तेस्रो व्यक्तिले गरेको हुन सक्ने बताउदै यो विषम परिस्थितिमा राजनैतिक तरिकाले काम गर्न खोजिएको जनतालाई आफ्नो पक्षमा पार्न खोजेको हो यो संकटको अवस्थामा यो गलत हो नियम सबैलाई लाग्छ भन्नू भयो ।

    ” बिहान राहत वितरण गर्ने कुरा घाईघुई सुनेको थिए एकदुई घरमा दिने अनि राख्ने भन्ने कुरा सुनेको थिए अनि त्यहाँ बोरो देख्दा । अनि मैले गिर बहादुरलाई साथी समाज परिवर्तन गर्ने समय राजनीति गर्ने समय , सबै गर्ने समय यहि मात्र त होइन होला किन यस्तो गर्नुहुन्छ तपाईंको ठाउँमा म अनि मेरो ठाउँमा भएको भए के हुन्थ्यो कानुनको धज्जी उडाएको हुदैन र भनेर सम्झाउदै थिए प्रहरी नि गोष्ठी बढाउ अभियानमा त्यही आउनु भयो ।” ,भण्डारीले भन्नुभयो । ” डिल्लीराजको घर नजिकै त्यो बोरो भएको भए मैले दान सम्झिन्थे तर सय डेढ सय मिटर टाढा त्यो गतिविधि थियो ।” भण्डारीले भन्नू भयो ।

    अन्य कुरामा त कानुनको उलंघन उहाँले गर्नु भएको छ भन्दै हिरामणी भण्डारी यो विवदको समयमा घारघार र घुरघुर तल र माथी गर्नु हुदैन । अहिलेको विषम परिस्थितिमा पछिको चुनावलाई सम्झेर काम गर्नु भन्दा अन्य प्रक्रियाबाट गर्नु पर्ने मान्यता वडा अध्यक्षको रहेको छ ।
    गिर बहादुर घर्तीले त्यो दानको सामाग्री वडा अध्यक्षले लात्तीले हानेर हिड्नु भयो भन्ने आरोप लगाउनु भएको छ भने भण्डारीले आफूले लात्तीले हान्ने मान्यता होइन बाइक चलाउन नबनेपछी खुट्टाले पन्छाएको बताउनु भयो । भण्डारीले भन्नुभयो , ” बाइक चलाउदा हातले पन्छाउन त मिल्दैन ।”
    आफ्नो बुवा बाजेलाई छोएर अपच शब्द बोलेको घर्तीको आरोपलाई खण्डन गर्दै भण्डारीले उहाँको बुवाबाजेको राजनीति पृष्ठभुमिको कुरा मैले गरेको थिए भन्दै सबै सभ्य भाषामा नै भनेको बताउनु भयो ।

    त्यहाँ उपस्थित प्रहरीले अनेत्र ड्युटीमा जाँदै थियौ तर यहाँ आफूखुसी राहत वितरण भएको खबर गएपछि यहाँ आएका हौ भन्ने प्रहरीको भनाई उद्रीत गर्दै वास्तविकता नबुझी प्रहरी आउनु हुदैनथ्यो र बोलाउनु पनि हुदैनथ्यो भन्ने मान्यता घर्तीको रहेको छ ।आफूले यो संकटको घडीमा समस्यामा परेका नागरीकहरूलाई सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउदै यसमा कुनै राजनैतिक गतिविधि नदेख्न सबैलाई आग्रह गर्नु भयो उता भण्डारीले सहयोगको नाममा कानुन विपरीत नियमको उलंघन गर्दै मान्छेलाई आफ्नो पक्षमा पार्न खोज्नु गलत भएको जिकीर गर्दै त्यो बोरा दानको नै रहेको स्वीकार गर्नु भयो ।

    इलाका प्रहरी कार्यालय भिङ्ग्रीलाई यो विषयमा सोध्दा आफूहरू यो विषयमा केही बोल्न नमिल्ने जानकारी प्राप्त भएको छ । त्यो बोरामा चामल लगाएतका सामाग्री थिए अरू आफूहरूलाई केही थाहा नभएको इ.प्र.काले जनाएको छ ।
    एकद्वार प्रणालीबाट प्याकेजमा राहत वितरण गर्ने प्रक्रिया स्थानीय सरकारले बनाएको छ । गिर बहादुर घर्ती गएको चुनावमा वडा नम्बर ५ को वडा अध्यक्षको उम्मेदवार भइ पराजित हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.