• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

स्वर्गद्वारीको प्रत्येक वडामा सूचना समिति , वडा अध्यक्ष मार्फत नगरपालिकामा समस्याका सूचना


  •     / २०७७, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    झइन्द्र भण्डारी प्यूठान , वैशाख – ४  स्वर्गद्वारी नगरपालिका प्यूठानले आज आपतकालीन वैठक बसी कोरोना नियन्त्रण तथा बिपत व्यवस्थापन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको छ ।
    राजनैतिक दल , स्वास्थ्य क्षेत्र , सुरक्षा क्षेत्र अन्य सरोकार वाला, विपत व्यस्थापन समिति कार्यपालिका लगाएतको संयुक्त वैठकको आह्वान गरि यो संकटको घडीमा सबै मिलेर जाने योजनामा हातेमालो गर्न नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले सबौलाई अनुरोध गर्नुभयो ।

    कोरोना भाइरसको सन्त्रास तथा राष्ट्र लकडाउन भएदेखि अहिलेसम्म नगरपालिकाले संकट निराकरणका लागि गरेका विविध कार्यहरूको समिक्षा गर्दै अब आउने समयमा पर्न सक्ने संकट तथा भयावह स्थितिको सामना के कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । जसअनुसार प्रत्येक वडामा बस्ती अनुसारका सदस्य राखेर एउटा वडा स्तरीय सुचना समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त सूचना समितीलाई बाहिरी मुलुकबाट तथा वाहिरी स्थानबाट बस्तीमा कुनै नागरिक लुकीछिपी आएको खण्डमा तथा बस्तीका अन्य समस्या पहिचान गरि वडा अध्यक्षलाई जानकारी गराउने र वडा अध्यक्षले नगरपालिकामा जानकारी गराएर समस्याको समाधान गर्ने गरी परिचालित गरिने नगर प्रमुख रोका क्षेत्रीले बताउनु भयो । रोका क्षेत्रीले भन्नूभयो ,” देखिएर औपचारिक नाकाबाट आउने नागरिकलाई त सिमानाबाट जानकारी भए नगरपालिकाले लिएर व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखिन्छ तर लुकेर आउनेहरूसङ्ग सावधान हुन आवश्यक छ । ” नगरप्रमुखले थप्नु भयो देखिएर आउनेहरूलाई त खबर पाए सिमाना सम्म हामी नै लिन जान्छौ ।

    कुनै प्रक्रियाबाट जिल्लाको सिमानासम्म आउने नगरबासीहरूलाई सम्बन्धित ठाउमा लगेर सुरक्षीत क्वारेन्टाइनमा राख्न सक्ने तर सिमाभन्दा बाहिरबाट आफ्ना नागरिकहरूलाई ल्याउन भने असमर्थ रहेको नगरपालिकाले जनाएको छ । अहिले सम्म स्वर्गद्वारी नगरपालिकाको कार्य जिल्लाकै उत्कृष्ट रहेको भन्दै नगरप्रमुख क्षेत्रीले आहोरात्र खटीएर काम गरेका सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिनु भयो । उहाले भन्नुभयो ,” वडा अध्यक्षहरूले पहरेदारको रूपमा काम गर्नु भएको छ। धन्यवाद! त्यसैले हामी सफल छौँ ।”

    स्वर्गद्वारी नगरपालिकाले एकद्वार प्रणाली लागू गरेको कुनै राजनीति स्वाद चाख्ने मनसायले कत्ती होइन भन्दै यदि यो गलत हो भने यो प्रक्रिया छोड्ने प्रस्ताव नगरप्रमुखको थियो उहाँले भन्नुभयो ,” कोहि राहतले पुरिने कोहि टुलुटुलु हेरेर बस्ने अवस्था सृजना नआओस भनेर यस्तो गरेको हो ।” वैठकमा उपस्तिथ प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका प्रमुख डक्टर राजेन्द्र पौडेलले उपचार तथा डक्टरहरूको काममा जनप्रतिनिधिहरूको दबाब भएको गुनासो गर्नु भयो । कुनै वडा अध्यक्षको नाम गोप्य राखी डक्टर राजेन्द्रले भन्नुभयो ,” यसरी वडा अध्यक्षले यसो गर्नु पर्यो उसो गर्नु पर्यो भनेर दबाब सृजना गर्दा हामीलाई काम गर्न निकै कठिन भएको छ । हाम्रो काम हामीलाई राम्रोसङ्ग थाहा छ । हामीले यसरी हुदैन भन्दा यस्ता डाक्टर चाहिदैन भन्ने जस्ता कुरा आउदा हामी सिङ्गो टीम दुखी छौँ ।”

    आफूहरूको सिङ्गो टीम खटेर काम गरेको र निर्देशन तथा प्रक्रिया अनुसारनै आफूहरूले काम गरेको राजेन्द्रले जानकारी दिनु भयो । डक्टर राजेन्द्रको गुनासोमा जवाफ दिदै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले भन्नूभयो ,” हजुरहरूलाई यस्तो भनाई आयो यसबाट हामीले तपाई खटेर काम गर्नु भएको छ भन्ने कुरा प्रष्ट हुन्छ । सुतेर बस्नेहरूले भनाई खादैनन । हजुरहरूले क्षमताले भ्याएसम्म काम गर्नुहोस साथमा नगरपालिका छ कसैको दबाबमा नपर्नु होला।”

    नगरपालिकाले नगरपालिका भन्दा बाहिर रहेका आफ्ना नागरिकहरूलाई आउन रोक लगाउने छैन। कुनै माध्यमबाट सिमासम्म आए नगरपालिकासम्म ल्याउने र सुरक्षीत साथ क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरपालिकाले मिलाउने भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न
    क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान
    क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.