बैशाख,७ सुबिन बिश्वकर्मा `लुते´ बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- 19) नेपालको मात्र नभएर बिश्वको नै एक ठूलो चुनौतीको रुपमा देखा परेको छ। बिश्वको ठूलो शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा धेरै प्रभाव परेको छ। यस्तो अबस्थामा हाम्रो देश नेपालले कोरोना विरुद्ध गरेको गतिविधि हेर्दा मन बुझाउने आधार देखिन्छ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै सबै यसतर्फ केन्द्रित छन। तर पनि गर्न सके जति नगरेको पो होकि?
कोरोनाको जोखिम कम गर्न गत चैत ११ देखि देशभर लक डाउन गरियो। जिविका उपार्जनका लागि काम गर्न घरदेखि टाढा गएकाले घरपरिवार भन्न पाएनन्, माइत गएकी श्रीमतीले आफ्नो घर जान्छु भन्न पाइनन्, घरमा बालाखा छोराछोरी छोडेर भारतमा काम गर्न गएकी आमा सिमाना अलपत्र परिन। यो दोष कसले बहन गर्ने? सरकारलाई मेरो प्रश्न! के हामिले जति सक्छौ त्यति गरिरहेका छौ त? लक डाउनको विशेष मारमा परेका दैनिक ज्यालादारी, गरिब तथा बिपन्नको लागि स्थानीय सरकारले राहत बितरण गरिरहेको छ। तर, के त्यो राहत प्रभावकारी भैरहेको छ त?
हामिले अनुगमन गरिरहेका छौ त? कतै पाउनुपर्नेहरुले राहत नपाएर भोकै बस्नुपर्ने अबस्था त छैन? त्यतातिर सबै स्थानीय निकायहरुको ध्यान जावोस मेरो सुझाव छ। जीवन र मृत्यु सँग लडाइ गरेर जित्नुपर्ने स्थान अस्पतालमा स्वास्थ्य उपचार सामाग्री, औसधिहरु पर्याप्त छन? डाक्टरहरुको स्वास्थ्य प्रती सुरक्षा अपनाइएको छ?
अस्पतालहरुमा बिरामीले राम्रोसँग चेकजाँच सम्म नपाएको, डाक्टरले गैर मानबिय व्यबहार गरेको र हेलचक्रयाइ गरेका समाचारहरु धेरै पटक बाहिर आइसकेका छन। त्यतातिर सम्बन्धित निकायको ध्यान गए राम्रो हुन्थ्यो।
हुन त स्थानीय प्रशासनलाई दोष्न खोजेको हैन तर पनि मेरो प्रश्न: लक डाउन भनेको चोकचोकमा प्रहरी बसेर मात्र प्रभावकारी हुने कुरा हो? प्रहरी साथीहरूलाई मेरो अनुरोध छ। गाउगाउमा एक फन्को लगाउनुस, त्यहा तपाईंले रागा, सुँगुर काटेर पार्टी गर्दै गरेको भिड देख्न सक्नु हुनेछ। त्यहा तपाईंले हुलका हुल मान्छेहरूको संख्यामा तासको जमात देख्न सक्नु हुनेछ। त्यहा तपाईंले फुटबल, भलिबल खेलिरहेका युवाहरूको जमात देख्न सक्नु हुनेछ। चोकमा आउनेजाने सवारी साधनलाई रोकेर मात्र कोरोना नियन्त्रण नहोला कि? मैले नबुझेको कुरा, स्थानीय गाउहरुमा टोलै पिच्छे बार लगाइएको छ। त्यो केको लागि? आउन चाहाने मान्छे त्यो बार नाघेर आउन सक्दैन र? त्यही बारले मात्र कोरोना भित्रीने होर? त्यो बारले यो बिपदको बेला हिड्ने एम्बुलेन्स, दमल इभन प्रहरी तथा प्रेसको गाडी पनि दुर्घटनामा पर्न सक्छ भन्ने सोच्नु पर्दैन?
हामी हाम्रो सोचमा परिवर्तन गरौ, कसैको घरमा नजाऔ, इष्टमित्र, आफन्त नभनौ र अत्यावश्यक काम बाहेक कोहि पनि कसैको घरमा नजाऔ। तब कहि पनि बार लगाउनु पर्दैन। बाटो बन्द गर्नु पर्दैन। विशेषगरि एम्बुलेन्स चालकको स्वास्थ्य प्रती गम्भीर बनौ। उनीहरुको सुरक्षामा विशेष प्राथमिकता दिईयोस। हरेक पटक एम्बुलेन्समा आउदा चेक गरियोस। त्यहा कुनै तस्करी भैरहेको हुन सक्छ। सिमा क्षेत्रमा विशेष कडाइ गर्न जरुरी छ र, हामी नै अटेरी बनिदियौ भने हाम्रो ज्यानको लागि लडिरहेका प्रहरी, स्वास्थ्यकर्मीहरु दिनरात खट्नुको कुनै औचित्य छैन।
कोरोना विरुद्धको लडाइमा हाम्रो जित हुनेछ। यसबाट जैविक क्षति भएको खबर सुन्न नपरोस। सबैजना प्रहरी र सरकार कै लागि भए पनि घरमै बसिदिनुस। सुरक्षित रहनुस।







