• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

वडा अध्यक्षले एकलाैटे शासन चलाएकाे भन्दै सदस्यबाट राजिनामा


  •     / २०७७, ८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल वैशाख -८,प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठानका वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो वडा सदस्यको पदबाट राजिनामा दिएका छन ।
    स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य ऋषिराम घर्ती मगरले वडा नम्बर ७ का वडा अध्यक्षले पदको दुरुपयोग गरेको भन्दै विकास निर्माणका काम साथै अन्य कार्यहरूमा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व र भुमिका नरहेकाले राजिनामा दिएको बताएका छन ।

    उता स्थानीय चुनावमा तात्कालिन नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष टेक बहादुर भट्टराई ( पदम) ले भने वडा सदस्य घर्तीले लगाएको आरोप सबै गलत रहेको बताएका छन । पदको दुरुपयोग कहाँ भयो ? जनताले प्रत्येक्ष आफ्नो र वडा कमिटीको काम देखेका छन भन्दै उनले भने ,” वास्तविकतामा सदस्यहरू चारैजना उहाँकै पाटी(राजमो) का छन बहुमत उहाहरूकै छ । मैले कहाँ पदको दम्भ देखाएर हानीमुहाली गरे ? यो त वडाबासीहरूले देखेकै छन । ” उनले थपे चित्त नबुझेको भए सरसल्लाह गर्ने हो सम्बन्धित निकायमा कुरो राख्ने हो। यसरी यो संकटको अवस्थामा एकाएक राजिनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु उचित होला ? ”

    पत्रकारको सम्पर्कमा आएर आफ्ना मागहरू पूरा भए वास्तविक आवश्यकतालाई हेरेर काम सम्पन्न गर्ने भए आफूले राजिनामा फिर्ता ल्याउन सक्ने सदस्य घर्तीले बताए । वैशाख ५ गते दिएको राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म वडा सदस्य घर्ती सम्पर्कमा नआएको हुनाले राजिनामालाई वडाबाट स्वीकृत गरि नगरपालिकामा पठाउनुको विकल्प नरहेको वडा अध्यक्ष भट्टराई बताउछन् ।
    वडा अध्यक्ष टेक बहादुर भट्टराईको सम्पूर्ण काममा पाटीगत दृष्टिकोण राख्ने जनताको मर्म विपरीत आफ्नै हानीमुहाली गर्ने आरोप सदस्य घर्तीको छ ।

    वास्तवमा आफू एक्लै भएको आफ्ना कुनैपनि काममा वडा सदस्य ऋषिराम घर्ती मगरले पहिलेदेखि नै कुनै सहयोग नगरेकोले काम गर्न निकै कठिन भएको अध्यक्षले बताउछन । उनले भने ,” अन्य सदस्यले चित्त नबुझेको कुरा यहि राख्नु हुन्छ बरू यहि भित्र कराउनु हुन्छ तर बाहिर जनताको माझमा सहयोग गरेको हुनाले केही सहजता भएको छ । “

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.