
धीरज काेरी कपिलवस्तु , १० बैशाख
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न १ का वडा अध्यक्ष काे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ८ बजे बाट सुरु गरिएको थियो ।
सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक मा पार्टीका प्रतिनिधि नेकपा का निजामुद्दीन खाँ , समाजवादी का अब्दुल माेतिम , राजपा का मनिराम अग्ररी र नेपाली कंग्रेस का निवर धुनिया हरु बाट तयार गरिएको नामावलीहरु काे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष शिव प्रसाद बनियाले जानकारी दिनु भएको छ । वडा काे सबै गाउँमा अाज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भाेली पनि वितरण गर्ने अध्यक्ष बनियाले बताउनु भयो ।
वडा नं १ का मा ३ सय २२ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ ।
अध्यक्ष बनियाकाे अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्न काे लागि ५ लाख रुपैया दिइएको र कुनै गरिब , विपन्न परिवार काे नाम छुटेको छ भने काे उनीहरूलाई पछि निर्णय गरेर राहत वितरण गर्ने छाै ।