
बिमल प्रसाद पाेख्रेल बैशाख,११ प्युठान
प्युठानकाे झिमरुक गाउपालिका मच्छि भ्यागुतेले अाज गाउपालिकामा सर्वदलिय सर्वपक्षिय बैठक बसी जिल्ला बाहिरबाट झिमरुक प्रवेश गर्नेहरुलाई पुर्णरुपमा राेक लगाऊने निर्णय गरेकाे छ।बिश्वव्यापी रुपमा फैलिएकाे नाेभेल काेराना भाईरसका संक्रमित बिरामी नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएकाेले काेराेनाकाे राेकथाम लकडाउन उचित निर्णय सरकारले गरेकाेमा लकडाउनकाे पुर्ण पालना गर्दै अा-अाफ्नाे ठाउमा सचेत रहेर बस्न समेत बैठकमा निणर्य गरिएकाे छ। बाहिरि जिल्लाबाट प्युठान भित्रिने हल्ला फैलिएपछि गाउपालिकाले यस्ताे निर्णय गरेकाे हाे ।
सर्वदलिय रुपमा बसेकाे बैठकले अाजकैदिनबाट गाउपालिका प्रवेशमा राेक लगाएकाे छ भने लकडाउन समय अबधिभर यदि कुनैपनि व्यक्ति झिमरुकमा प्रवेश गरेमा अनिवार्य तीनहप्ता क्वारेन्टाइन मा बस्नुपर्नेे छ ।अति अावश्यक सबारी साधन एम्बुलेन्स ,खाद्यान्न ,कृर्षि,र नेपाल सरकारले लकडाउनकाे समय अबधिभर किटान गरि चलाउन दिएका बाहेकका सवारी साधन चलाउन नपाउने गाउपालिका स्राेतले जनाएकाे छ।