• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेेको हो:- देउवा


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    ७ मंसिर, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।

    भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ ।
    नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्‍यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन ।
    प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् । यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ||


    तथापि, विपक्षी दलका नेता देउवाले कालापानीका विषयमा सरकारमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् । शनिबार कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नयाँ दाबी गरे, ‘भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो ।’

    महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाको आरोप छ । पोखरा पुगेका उनले भने, ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.