
बिमल प्रसाद पाेख्रेल बैशाख १६ ,प्युठान
विश्वभर फैलिएको महामारी काेराेना भाईरसकाे उच्च जाेखिम बढ्दै जादा नेपाल सरकारले एक महिना अघिदेखि देशमा लकडाउन गरिएकाे छ । लकडाउनका कारण जिल्लाबाट बाहिरिएका हजारौं नागरिकहरु घर फर्कन अात्तुर देखिएका थिए। प्युठानका स्थानियतहहरुल आ-आफ्नो निणर्य गरि अाफ्ना नागरिककाे उद्वार गरेका छन। पुर्व याेजना अायाेगका उपाध्यक्ष तथा काङ्ग्रेस नेता डाक्टर गाेबिन्द पाेख्रेल नेपाली काङ्ग्रेस महासमिति सदस्य निमा गिरि लगाएत सामाजिक अगुवा समक्ष गुनासाे पाेखेपछि राहत पाएका झिमरुकका नागरिकलाई नेपाली काङ्ग्रेस प्युठानबाट महाधिवेशन प्रतिनिधि तथा झिमरुक गाउपालिकाका उम्मेदवार प्रमाेद प्राेख्रेलकाे अार्थिक सहयाेगमा ५३ जना विद्यार्थी झिमरुक अाउन पाएका छन।काठमाडौं देखि गत साेमबार दिउसाे दुई बजे बस चढेका प्युठानका करिब ८० जना विद्यार्थी मंगलबार दिउसाे ३ बजे बाग्दुला अाईपुगेका थिए ।
नेपाली काङ्ग्रेस प्युठान सभापति अमर भन्डारीले सबै नागरिकलाई बाग्दुलामा स्वागत गर्नुभयाे। काठमाडौं लगाएत देशका विभिन्न जिल्लामा रहेका नागरिककाे पिडालाई बुझेर पाेख्रेलले काठमाडौं रहेका विद्यार्थीलाई अाफ्नाे खर्चमा भित्राएर स्थानिय तहका प्रमुखलाई बुझाएका छन।
