
बैशाख १७,दोलखा देश यतिबेला कोरोना भाइरस को जोखिम नियन्त्रण गर्न को निम्ति लकडाउनमा छ।यसै बिचमा काठमाडौ अलपत्र रहेका दोलखा जिल्ला स्थायी घर भएका नागरिकलाई उद्दार गर्ने उदेश्यका साथ जिल्लाका स्थानीय तह,सांसद ,नेता लगायत विविध व्यक्तिको पहलमा लकडाउन बिच २०७७ बैशाख ८ र ९ गते अलपत्र मजदुर,जेष्ठ नागरिक ,महिला तथा बालबालिका लाई आफ्नो गाउँ घरमा जान कठिनाइ भैरहेको थियो। यसै समयमा दोलखाको मेलुङ गाउँपालिकाले नेपाल भित्रनै पहिलो पटक आफ्नो नागरिकलाई उद्दार गर्नै नमुना काम गरेर अरु गाउँपालिकाले शुरु गरेको थियो तर स्थानीय तह मार्फत आफ्ना नागरिक हरुलाई आफ्नो स्थायी बसोबास गर्ने ठाउँसम्म उद्दार गर्ने उदेश्यले मेलुङ गाउँपालिकाले नेकपाका नेता शंकर लामालाई आफ्ना गाउँपालिका जनतालाई आफ्नो घर सम्म ल्याउन सहजीकरण गर्नका निम्ति जिम्मेवारी दिएको थियो र गाउँपालीका सङ्ग समन्वय गरि अलपत्र रहेका नागरिकलाई उद्दार गर्ने उदेश्यका साथ योजना भएको पनि थियो।
मेलुङ गाउँपालीका भरी काठमाडौबाट आयको यातायात हरुको भाडा भुत्तानीको सन्दर्भमा संचार माध्यमहरुमा दोलखा मेलुङ गाउँपालिका स्थानिय बिदुर शर्माले २० लाख खर्च गरि काठमाडौमा अलपत्र मेलुङ गाउँपालिका स्थानियहरुलाइ आफ्नो घर सम्म उद्दार गरिएको खबर केहि दिन देखि फैलिएको छ ।संन्चार माध्यममा आएको यस्तो खबरको केही दिनमै गाउँपालिकाले सार्बजनिक सुचना मार्फत आफ्नो गाउँपालिकासम्म आफ्ना नागरिकलाई ठाउँ सम्म ल्याइदिएका यातायात ब्यबसायी वा मजदुरहरुलाइ धन्यवाद दिदै मेलुङ गाउँपालिकाले सवारी बिलबुक र चालक अनुपती पत्र लिइ भुत्तानीका लागि गाउँपालिकामा सम्पर्क गर्ना लागि आह्वान गर्यो। यसै सन्दर्भ मा हिजो २०७७ बैशाख १६ दिउँसो टेलिफोन बार्ता मार्फत आखिर यस भित्रको यथार्थ के हो र २० लाख सहयोग कसरी आएको हो भन्ने सम्दर्भमा मेलुङ गाउँपालिका अध्यक्ष नर ब. श्रेष्ठ लाई यसैबिच मा रहेर प्रश्न गरेका थियौ ।
उहाँले भन्नू भयो, “गाउँपालिका मार्फत बैशाख ८ र ९ मा स्थानिय नागरिक लाई ल्याउन नेता शंकर लामा जिम्मा दिए पनि नेता शंकर लामाले गाउँपालिकाले केही पनि सहयोग नगरेको आरोप लगाउनु भयो” २०७६ चैत्र २७ मा बसेको भेलाले पालिकाको लागि तत्काल कसैसँग चन्दा नमाग्न र कसैले राहत वितरण नगर्न र नगराउने निर्णय गरेको कुरा उल्लेख गर्दै कोहि कसै सङ्ग ब्यक्तिगत चन्दा उठाइ प्रदेश स्थानीय तहमाथी भरोसा नराखी वा जानकारी नदिइ उक्त निर्णय समेत उल्लंघन गरेको मेलुङ गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
केहि वडाको अध्यक्ष ज्युहरु स्वयं आफै सहयोग र पहलमा रातारात आफुपनि लागि परेर जनताको उद्दार गर्दा पनि पालिकाले केही गरेन भनेर प्रचार गरिएको समेत गा.पा अध्यक्ष ले बताउनु भयो। गाउँ पालिकाले आफ्ना नागरिक ल्याइदिएकोमा यातायात मजदुर लाई धन्यवाद दिदै ,आफ्नो गाउँपालिकाका काठमाड मा अलपत्र रहेका नागरिक ल्याइदिए बापत लाई भाडा भुत्तानि नपायका यातायात मजदुर वा ब्यबसायी ले गाउँपालिका सङ् गाडिको बिलबुक र चालक अनुमती पत्र का साथ सम्पर्क गरि भाडाको भुत्तानी का लागि सार्बजनिक सुचना जारी गरेको छ।