
हृदयराम गुप्ता मर्चवार १९ बैशाख÷ रुपन्देहीको कोटहीमाई गाउँपालिकाको सिपवा क्षेत्र सिल गरिएको छ । वडा नं. ५ स्थित मझगावा स्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका वडा नं. १ का २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रमो आवतजावत सुन्य गर्न सिल गरिएको हो ।
संक्रमित ब्यक्तिले १४ दिनअघि भारतको दिल्लीबाट आएका ती युवा मर्चवारको सम्मरीमाई गाँउपालिका २ ठोठरीनाकाबाट नेपाल प्रबेश गरेका थिए । दिल्लीको गान्धीनगरमा सिलाई कटाईको काम गर्दै आएका ती व्यक्ति १ बैशाखमा दिल्लीबाट हिडेका थिए । कोरोना संक्रमित परिवारका एक सदस्यले दिएको जानकारी अनुसार उनी दिल्लीबाट आउनेक्रममा कहिले ट्रकमा त कहिले हिडेर नेपालसम्म आएका थिए । उनी ५ बैशाखको दिउसो १ बजेतिर ठोठरी नाका आईपुगेका थिए । सिमानाका आईपुग्दा सुनसान देखिएपछि उनी सहजै नेपाल प्रबेश गरेका थिए ।
घर पुग्नु अहिले उनले स्थानीय एक जना र आफ्ना भाईलाई भेटेको ती सदस्यले जानकारी दिए । बाटोमा भाईलाई भेट्टाएका ती युवकलाई भाईले नै घरमा नलगी सिधै क्वारेन्टाईन लगेका थिए । दाईलाई क्वारेन्टाईन छाडेर भाई भने घर फर्किएका थिए ।
कोटहीमाई १ का ती व्यक्तिमा कोरोना पुष्टि भएपछि उनका परिवार र उनी भेट भएका साथीलाई क्वारेन्टाईन ल्याउन थालिएको छ । अहिले उनको घरमा रहेको ७ जना र साथीका श्रीमान श्रीमतीलाई क्वारेन्टाईन ल्याउन लागिएको कोटहीमाई गाँउपालिकाले जनाएको छ ।
कोटहीमाई ५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा अहिले २५ जना रहेका छन् । उनी क्वारेन्टाईनमा भर्ना हुँदा उक्त क्वारेन्टाईनमा ९ जना थिए । ती मध्ये ४ जना घर गएका छन् । उनको सम्पर्कमा रहेका सबैको शनिवार स्वाव परिक्षण गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरिले जानकारी दिए ।
उनको अहिले बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना बिशेष अस्थायी अस्पतालको आईसोलेसन बार्डमा राखेर उपचार थालिएको छ । उनको अबस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पताले जनाएको छ ।