नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गाैला फेल हुने गरेको छ।
खानपान र जीवनशैलीकै कारण मिर्गाैलामा समस्या आउने गरेको वरिष्ठ मिर्गौैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन्।
मिर्गाैला रोगको लक्षण देखिँदैन। त्यसैले त्यस्ता रोगीको संख्या बढिरहेका छन्। यो जानकारीमूलक खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन्।
३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरै जनाले बेवास्ता गरिरहेको डा. काफ्लेको भनाइ छ। पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्नाले रोग बढाउँछ ।