
बिमल प्रसाद पाेख्रेल बैशाख ,२१ प्युठान
विश्वब्यापिरुपमा फैलिएकाे नाेभेल काेराेना भाईरस (काेभिड-19) कारण संसारभर निम्त्याएको महामारिले गर्दा लाखाैले ज्यान गुमाईसकेका छन।नेपालमा पनि हाल कयाै बिरामीहरु देखिन थालेका छन ।सरकारले देश लकडाउन गरेकाे छ । जसकारण एक ठाउबाट अर्काे ठाउँ प्रबेशमा राेक लगाइएकाे छ।प्युठान जिल्लामा एक हजार भन्दा धेरै बाहिरी जिल्ला तथा भारतबाट अाएकाहरु क्वारेन्टाइनमा स्थानीय सरकारले राखेकाे छ।
क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्युठान सेवा समाज दाेहा कतारले राहत स्वरुप केही रकम संकलन गरेर प्युठान पठाएको समाजका अध्यक्ष ध्रमसिहं बिकले जानकारी गराउनु भएकाे छ।प्युठान सेवा समाज दाेहाकतारका पुर्व संरक्षक लिला जिसिकाे पहलमा अाएकाे रकमबाट अाज नाैबहिनी गाउपालिकालाई बीस हजार बराबरकाे राहत स्वरुप म्याट,खानेतेल,दाल र नुहाउने धुने साबुन खरिद गरि गाउपालिका अध्यक्ष लाई हस्तान्तरण गरिएकाे छ।समाजका पुर्व अध्यक्ष मान बहादुर के सी र संमाेनयकर्ता पुर्व संरक्षक जिसिले गाउपालिका प्रमुख शिब रिजाललाई जिन्सी बुझाउनु भएकाे हाे।
जिन्सि बुझ्दै रिजालले याे महामारिकाे बेलामा पनि अाफुले खाई नखाई जिल्लाकाे चिन्तन गरि बिदेशकाे खाडीबाट पसिना बगाई कमाएकाे रकम गाउमा पठाएर सहयाेग गर्नु हुने कतारमा रहनुहुने सम्पुर्ण प्युठानीलाई र विशेष पहल गर्नुहुने पुर्व संरक्षक लिला जिसी अध्यक्ष मानबहादुर केसीलाई धन्याद दिदै अागमि दिनमा पनि सहयाेग अपेक्षा संगै सम्पुर्णकाे सुख शान्ति र स्वास्थ जिबनकाे कामना गर्नुभयाे।साथै रिजालले देश बाहिररहनु हुने प्युठानीहरुलाई याे महामारीबाट बचेर काम गर्न अनुराेध गर्नुभयाे।