
धीरज कोरी
कपिलवस्तु, बैशाख २३
महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा को स्वास्थ्य चौकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुको PCR परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कुमार थापा र महाराजगन्ज नगर स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल , मनोज कोरी को संयोजकत्वमा ४३ जना को एऋच् परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ।
महाराजगन्ज नगरपालिका मा PCR परिक्षणको लागि स्वाब संकलन गरिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको छ । यसको नतिजा ३ दिन पछि आउछ नगर स्वास्थ्य शाखा बाट जानकारी प्राप्त भएको छ ।
महाराजगन्ज नगरपालिका को कुशहवा,हर्दौना, सिसुवा, कजहवामा क्वारेन्टाइनमा रहेका ४३ जना को PCR नमुना परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको महाराजगन्ज नगर स्वास्थ्य शाखा का मनोज कोरीले जानकारी दिनु भएको छ ।