
बिमल प्रसाद पाेख्रेल बैशाख,२४ प्युठान
उत्तरी प्युठानकाे गाैमुखि गाउपालिकामा अाज दिउसाे २:३० देखि ५ बजेसम्म लगातार परेकाे असिनाले किसानले लगाएकाे मकै बाली नष्ट गरेकाे छ।गाैमुखि गाउपालिका पुजामा लगातार परेकाे अशिनापानीले गर्दा घर गाेठमा समेत ठुलाठुला भल पस्दा कृषकले गाेठमा बाधेका वस्तुभाउ समेत फुकाएकाे गाैमुखीबाट भरत अाचार्यले बताउनु भयाे।
तस्बिर सौजन्य : भरत आचार्य
गाैमुखी चार जिम्मरकटेरा निवासी लेख बहादर थापाकाे छाउन लागेकाे घर समेत भत्किएकाे गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरीले जानकारी गराउनु भयाे ।
घटनास्थलमा लेबासेबाट प्रहरीटाेली सहित गाउपालिकाबाट विपत व्यवस्थापन टाेलि पुजा र लिबाङ गएकाे प्रमुख प्रशासकिय अधिकृत राजिब पन्थिले बताउनु भयाे।
भर्खरै खनेका मकै र फुलफुलेका फलफुल असिनाले पुर्ण क्षति पुराएकाे पन्थिले बताए । असिनाले २ लाख बराबर घरको क्षति र १० औं लाख बराबर मकैबाली तथा फलफुल लगायत बाटो समेत अवरुद्ध रहेको जानकारी प्राप्त भएको छ।
