
प्यूठान, वैशाख २९ आरडीटी रिपोर्टमा पोजेटिभ देखिएका प्यूठानका २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आरडीटीमा पोजेटिभ देखिएपनि पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको हो ।
गत शनिवार प्यूठान नगरपालिका–२ स्थित सिद्धार्थ हलमा रहेका २ जनामा आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको थियो । आरडीटीमा पोजेटिभ देखिएपछि २ जना सहित ३९ जनाको स्वाव भैरहवा पठाइएको थियो । परिक्षणका लागि भैरहवा पठाइएका सवै स्वावमा कोरोना संक्रमण नदेखिएको हो ।
