• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

किट अभाव कारण सात हजार परीक्षणविना घर फिर्ता


  •     / २०७७, ३० बैशाख मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    बैशाख ,३० रोल्पा जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताउनुभयो । “जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छाँै”, आचार्यले भन्नुभयो । कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताउनुभयो । लकडाउन अवधिभर काठमाडौँलगायत अन्य स्थानबाट हजारौँ मजदूर जिल्ला आएका थिए । कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ ।
    एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ । आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् । त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिनुभयो । अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ । भारतबाट आएकाको रिपोर्ट नेगेटिभ अर्घाखाँची– भारतबाट आएका अर्घाखाँचीका ११२ जनाकोे पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
    नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए । मालारानी गाउँपालिकाको कवारेन्टाइनमा बसेका ९२ र सन्धिखर्क नगरपालिकाको कवारेन्टाइनमा बसेका २० जनाको पिसिआर जाँचको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो ।    रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.