बिमल प्रसाद पाेख्रेल जेठ,४ प्युठान
प्युठानकाे झिमरुक गाउपालिका एक बागमाराका ३५ वर्षिय युवा केशर बिसीकाे तरकारीबारीमा किन्नेहरुभन्दा हेर्नेहरुकाे लस्कर लाग्छ। विगतका बर्ष पहिले ४० हजार लगानीबाट अाफ्नै बारीमा सुरु गरिएकाे तरकारी खेती सिजन अनुसार चार/ पाच लाख रुपैयाँ अाम्दादी हुने केशर बताउछन।
घरकै पाच राेपनि जग्गामा बन्दाकोपी ,काउली, टमाटर लगाएतका माैसमी तथा बेमौसमी तरकारि खेती गरेका केशरले प्युठान,गुल्मि र अर्घाखाँचीका विभिन्न बजारमा ताजा अर्गानिक तरकारी पुराउछन। केशर भन्छन गत माघमा झिमरुक गाउपालिका जनप्रतिनिधि र कर्मचारी मेराे एस के नेपाल कृर्षि फाेम अबलोकन गरेका थिए । तर जन प्रतिनिधिले आशामात्र देखाएको तर पूरा नगरेको उनको गुनासो छ । गाउपालिकाको आशमा टमाटर लगाए,सरकारको भर पर्दा ‘असिनापानी र धुपले टमाटर सुक्न र बेर्ना मर्न थालेपछि धेरै नोक्सान भएको केशर बताउछन ।