जेठ ४, काठमाडौं– नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेका मृतक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।
