• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ‘एजेन्ट’ पक्राउ ।


  •     / २०७६, ८ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक एजेण्ड पक्राउ परेका छन्।

    विदेश लगिदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेको सूचनाका आधारमा वैदेशिक रोजगार विभागले एजेन्ट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु घर भई हाल बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीया कैलाश लिम्बू रहेका छन्।

    विभागले काठमाडौं सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानबाट वैदेशिक रोजगारमा जाने व्यक्तिबाट १ लाख २० हजार रकम बुझिसकेको अवस्थामा विभागको टोलीले लिम्बूलाई रंगेहात फेला पारी नियन्त्रणमा लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।

    लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रकम लिइसकेको र शनिबार मलेसिया फ्लाइट भएको र एक लाख साठी हजार रकम लिएर आउन आग्रह गरेको अवस्थामा पक्राउ गरिएको हो।
    लिम्बूले सिन्धुली घर भएका झलकबहादुर विक र पोस्टराज विकबाट नगद रकम लिइसकेको अवस्थामा विभागले रंगेहात पक्राउ गरेको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.