• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

समाजसेवी गुप्ताले गरे क्वारेन्टाइनमा नि: शुल्क तरकारी सहयोग


  •     / २०७७, ५ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    सुबास बेल्बासे
    ५ जेठ, बुटवल । रुपन्देही गैडहवा गाउँपलिका वडा नं. ७ निवासी गैडहवा कृषि फर्मका संचालक सन्दिप गुप्ताले गैडवा गाउँपालिकाको क्वारेन्टनइनमा आईतबार तरकारी सहयोग गरेका छन् ।
    कोरोना महामारीको विषम परिस्थितिमा “आफू पनि बचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं ।” भन्ने उद्देश्यले आफ्नो फर्ममा उत्पादित तराकारीहरु क्वारेन्टन्इनमा सहयोग गरेको उनले बताए ।
    उनले भने–“गैडहवा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नु भएको नेपाली दाजु भाइहरुको लागि मैले सानो सहयोग गरेको हुँ । हामी जस्तो सचेत युवाहरुले दुःखको समयमा सहयोग नगरे कसले गर्छ ?”
    युवा नेता तथा लुम्बिनी विकास मंञ्चका अध्यक्ष समेत रहेका गुप्ताले व्यवसायीक रुपमा वि.स. २०७५ सालमा गैडहवा कृषि तथा पशुपालन फर्म दर्ता गरेर संचालन गर्दै आईरहेका छन् । उनले ६५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आईरहेका छन् । उनले अहिले आफ्नो बारीमा टमाटर, भिन्डी, करेला, बोडी, कांक्रो, लौका, मुला, साग, बन्दा कोपी, खुर्सानी, धनिया, गाजर, चुकुन्द, साग लगायतका तरकारीहरु रहेको बताए ।
    कोविड १९ कोरोनाको सक्रमण बढ्दै गएपछि उत्पीडित समुदायका मजदुर, श्रमिक, कृषकहरु निकै समस्या बेहोर्नु परेको छ । कृषकहरुको उत्पादित तरकारी बजार नपाउँदा किसानहरु निकै चिन्तित छन् । त्यस्तै गैदहवा फर्मका संचालक गुप्ताले ग्राहकहरुको सेवाको लागी तरकारीहरु उपभोक्तको घरघरमा विक्रि गर्दै आएको भएपनि पछिल्लो समय रोक लगाएको बताए । उनले हामी जस्तो कृषकहरुको तरकारीहरु बजार पाउँनुपर्ने र यस विषयमा सम्बन्धीत स्थानिय सरकार तथा सरोकारवालाहरुले विशेष ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए । विभिन्न समाजिक संघ संस्थामा क्रियाशिल युवा नेता समेत रहेका सन्दिप गैदहवा कृषि तथा जयमा भावनी कृषक समुहका सचिव समेत रहेका छन् ।
    उनले आफ्नो फर्मको उत्पादित तरकारी मात्रा नभएर गैदहवाका कृषकहरु विजय केवत, आनन्द कुमार गुप्ता, सक्कल कोहार, रजाउदिन मुसलमान, समिल खाँन, शम्भु गुप्ता लगायतका गैदहवाका कृषकहरुका तरकारीहरु लक डाउनको समयमा बुटवल बजार विक्रि वितारण गर्दै आएका थिए ।
    उनले भने–“स्वदेशमा केही गर्छु भन्ने उद्देश्यले तरकारी खेती गरेको हो । तर हामी कृषकहरुको समस्याहरुलाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन ।” कृषकका तरकारीहरु बजार नपाउँदा कतिपय कृषकहरु बाटोमा नै तरकारीहरु नष्ट गरेको सन्दिब बताउँछन् । लुम्बिनी विकास मंञ्चका अध्यक्ष समेत रहेका युवा समाजसेवी गुप्ताले सरकारले छिट्टै नै स्थानिय सकारले कृषकहरुको समस्या बुझ्नुपर्ने बताउँदै आफ्नो फार्ममा उत्पादित तरकारीहरु क्वरेन्टाईमा बस्नेलाई सहयोग गरेका छन् । उनले आईतबार निशुल्क रुपमा गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे तथा गैदहवा गाउँपालिका वडा ५ का वडा अध्यक्ष कृष्ण शंकर गुप्ताको समन्वयमा तरकारी हस्तान्तरण गरेको बताए । उनले बोडी ४५ केजी, कांक्रो ४५ के.जी, करेला १५ केजी, खुर्सानी १५ केजी, टमाटर २५ केजी, बन्दाकोपी ३५ केजी, धनिया ५ केजी, मुला ५ केजी लगायत तराकारीहरु सहयोग गरेको जानकारी दिए । उनले आफुले निरन्तर समाजिक सेवामा लागिरहने र यसरी नै सहयोग गर्ने गराए । ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.