• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सांस्कृतिक धरोहर मदरसाहरुमा अनुदान रकम बढाउन राष्ट्रीय मदरसा संघको माग


  •     / २०७७, ५ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement
     कपिलवस्तु,बैशाख ५ । विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउन को लागि देशभरिमा लाकडाउन रहेको छ।
    लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा समेत आइसकेछ। देशभरिमा रहेका मदरसाहरु मा सरकारले अहिले सम्मा दुई लाख एक्चालीस हजार रुपया वार्षिक अनुदानको रुपमा दिदै आएका थिए र पाठ पठनमा लाग्ने अरु वार्षिक खर्च समुदाय बाट चन्दा सदका फितरा उठाई मदरसाहरु संचालन गर्दै आएका थिए।तर यो वर्ष देशभरिमा पूर्ण रुपले लाकडाउन हुनाले अधिकाशं व्यापारीहरुको व्यापार समेत ठप्प रहेको छ। पूर्ण तरिकाले बन्दाबन्दीको अवस्थामा चन्दा जकात फितर संकलन नभएको ले मदरसाहरु संचालन गर्न पूर्ण रुपले समस्या भएको भन्दै राष्ट्रिय मदरसा संघ नेपालले आज एक प्रेस विज्ञप्ति समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो।
    अल्पसंख्यक मुस्लिम समुदायले संचालन गरेका शैक्षिक संस्था मदरसाहरुलाई विगतदेखि नै नेपाल सरकारबाट एक जना शिक्षकलाई समेत पारिश्रमिक दिन नपुग्ने जयादै न्यून अनुदान रकम उपलव्ध गराउंदै आएकोले हामीहरु चन्दा, दान र जकातबाट मदरसा संचालन गर्न बाध्य भएका छौं । नेपालमा संचालित मदरसाहरु नेपालका सांस्कृतिक धरोहर हुन् कुनै पनि मदरसा आर्थिक अभावको कारण बन्द हुने अवस्था नआओस् । तसर्थ अव आउने आ.व. २०७७÷०७८ को बजेटमा मदरसाहरुलाई दिइने अनुदान रकममा बृद्वि गरि कम्तिमा पनि दुई जना शिक्षकलाई पारिश्रमिक दिन पुग्ने गरि प्रत्येक मदरसालाई बार्षिक रु ७,५०,०००/- अक्षरेपी सात लाख पचास हजार रुपैया अनुदान रकम उपलब्ध गराउने वयवस्था गर्न राष्टिय मदरसा संघ नेपाल यस बिज्ञप्ती मार्फत नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ भन्ने उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।
    अल्पसंख्यक समुदाय अगाडी खास गरि यो बर्ष ठूलो चुनौति रहेको छ। यदि नेपाल सरकारले यो अल्पसंख्यक मुस्लिम समुदाय प्रति चासो देखाएन भने यो देशको एउटा सांस्कृतिक धरोहर बन्द हुने अवस्था समेत देखा परि रहेको छ। यो बिषयलाई उठान गरि अल्पसंख्यक मुस्लिम समुदाय प्रति बिचार गर्नाका लागि मान्नीय सांसदहरु संग अग्रह गर्नु भएको कुरा ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिएका छन।
    उक्त प्रेस विज्ञप्ति राष्ट्रिय मदरसा संघ नेपाल का संस्थापक शमीम अहमद नदवी, प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगर समिती अध्यक्ष जावेद आलम खां, राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी, सदस्य अनवर हाशमी र राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनीको संयुक्त हस्ताक्षरमा जारी भएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.