• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक बस्ने : भैरहवा र विराटनगरमा पनि ‘बल्क कार्गो’ सञ्चालनमा ल्याउन सहमति हुने ।


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    नेपाललाई थप दुई नाकाबाट बल्क कार्गो सुविधा दिनेबारे काठमाडौंमा हुने सहसचिवस्तरीय ‘नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक’मा सहमति हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

    मंगलवार र बुधवार गरी दुई दिनसम्म काठमाडौंमा हुने सहसचिवस्तरीय बैठकमा यसबारेमा सहमति भएपछि तेस्रो मुलुकसँगको व्यापारलाई सहजीकरणका लागि थप दुई नाका, (विराटनगर तथा भैरहवा) मा पनि वीरगञ्जमा झैं तेस्रो मुलुकको बल्क कार्गो सीधै रेलमार्गबाट ढुवानी हुनेछ । हाल बल्क कार्गोको सुविधा वीरगञ्जमा मात्रै उपलब्ध छ ।

    दुई दिनसम्म काठमाडौंमा चल्ने बैठकमा तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न पारवहन पुनरवलोकन गर्ने विषयमा केन्द्रित हुनेछ । मन्त्रालयका अनुसार तीन प्रदेशबाट बल्क कार्गो सञ्चालनमा आउँदा वीरगञ्ज भन्सारको चाप घट्नुका साथै सोही भन्सार नाका हुँदै बल्क कार्गोबाट सामान आयात गरेर अन्य स्थानमा पु¥याउनुपर्ने बाध्यता हट्ने छ ।

    ठूलो परिमाणमा तेस्रो मुलुकबाट नेपाल आयात गरिने सामान मुख्यगरी कोइला, मल, स्टील, फलाम र औद्योगिक कच्चा पदार्थ बल्क कार्गोमार्फत ल्याइन्छ । थप दुई नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाएपछि औद्योगिक कोरिडोरमा प्रयोग हुने वस्तुहरूको आयात गर्न सहज हुने मन्त्रालयका सहसचिव तथा वार्तामा नेपाली प्रतिनिधिमण्डलका संयोजक नवराज ढकालले बताए । ‘थप दुई भन्सार नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाउँदा आयातलाई मात्र फाइदा नभई निर्यातमा पनि फाइदा हुन्छ,’ उनले भने ।

    थप दुई नाकामा बल्क कार्गो सञ्चालनमा आएपछि विराटनगरबाट पूर्वी नेपाललाई र भैरहवाबाट पश्चिम नेपाललाई आवश्यक पर्ने वस्तु आयात गर्न सकिन्छ । यसबाट ढुवानीको अतिरिक्त समयसमेत बचत हुने र समग्र व्यापारमा सुधार आउने मन्त्रालयको भनाइ छ ।

    ढकालका अनुसार “तेस्रो मुलुकसँगको व्यापारमा तीन भारतीय जलमार्ग प्रयोग गर्न पाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । यसअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘नेपाल भारत वाणिज्य बैठक’मा भएको सहमतिमा थप छलफल हुनेछ । सोही सहमतिपछि गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउनेसम्बन्धी लेटर अफ एक्सचेन्ज (एलओई)मा भारतीय पक्षले सहमति जनाइसकेको छ । उक्त सहमतिअनुसार नेपाली ध्वजावाहक पानीजहाज कोलकातादेखि बनारस, कोलकातादेखि साहेबगञ्ज र कोलकातादेखि कालुघाटसम्म जलमार्गबाट आउनेछ भने त्यसयता सडकमार्ग हुँदै रेल वा ट्रकको माध्यमबाट सामान नेपाल ल्याइनेछ ।” उनले भने ।

    नेपाली अधिकारीका अनुसार बैठकमा नेपालले थप दुई भारतीय सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने बारेमा पनि सहमति हुनेछ । मन्त्रालयले दिएको जानकार अनुसार कृष्णनगरदेखि गुजरातको मुन्द्रा बन्दरगाहको प्रयोग गर्न पाउने सहमति हुनेछ । यसका साथै, पूर्वीतट अर्थात् बंगालको खाडीसँगको धाम्रा बन्दरगाह पनि तेस्रो मुलुकसँगको व्यापारमा प्रयोग गर्न पाउने सहमति बैठकमा जुट्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.