• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

गुल्मी मदानेका कोरोना संक्रमितको निधन


  •     / २०७७, ८ जेष्ठ बिहीबार १७:२४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    रुपन्देही, ८ जेठ (रासस)  अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उहाँको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गर्नुभयो । प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहनुभएका उहाँको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

    यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताउनुभयो । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उहाँमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उहाँ गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा जानुभएको थियो । यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका –७ वाग्लास्थित मानचौर तालमा घुम्न जानुभएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताउनुभयो ।

    वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उहाँ पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि जानुभएको थियो । दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि जानुभएका उहाँमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताउनुभयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो । जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आउनुभएका उहाँको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उहाँको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी
    रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी
    स्वर्गद्वारी ६ र ८ मा गठबन्धन र ९ मा एमाले विजयी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उदयपुरमा गठबन्धन विजयी

    • २. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ३. आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो

    • ४. नेपालले युगान्डासंग आज दोस्रो खेल खेल्दै

    • ५. रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी

    धेरै पढिएको
    • १. थप १३ जनामा कोरोना भाइरस संक्रमण

    • २. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • ३. सर्पले टोकेर दार्चुलामा बालकको मृत्यु

    • ४. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ५. बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.