सुचनाडबली संबाददाता जेठ९ कपिलबस्तु/कपिलवस्तुको बुद्धभूमि न.पा. ९ इमिलिया पुलचोक निवासी समाजसवी धर्मराज दमासेले आज शुक्रबार बुद्धभूमि क्याम्पस चौवन्नपुरको क्वारेन्टाईनका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।ईमिलिया पुलचोक स्थित दीपशिखा फार्मेसीका संचालक समेत रहेका धर्मराज दमासेले बुद्धभूमि न.पा. ९ को वडा कार्यालयले स्थापना गरेको क्वारेन्टाईनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टिमलाई आवश्यक पर्ने मास्क, सेनिटाईजर, ग्लोब्ज, मिनिरल वाटर लगाएतका स्वास्थ्य सामग्री बुद्धभूमि ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेलाई हस्तान्तरण गरेको स्थानिय सिबलाल बेल्बासेले जानकारी गराउनु भयो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै दीपशिखाका संचालक एवं समाजसेवी धर्मराज दमासेले क्वारेन्टाईनमा आवश्यक स्वास्थ्य सामग्री अभाव भएमा आफ्नो सहयोग निरन्तर जारी रहने बताएका छ्न । माहामारीको यस विषम परिस्थितीमा सबैले आफु सक्दो राज्यलाई सहयोग गर्नु नागरिक कर्तव्य भएको उनको भनाई छ ।
दमासेले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई केही सजिलो हुने अध्यक्ष न्यौपानेले जानकारी दिए । यसरी दमासे जस्तै गरी सबैबाट सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन ।
