
जेठ ९,पाल्पा पाल्पा ३ तिनाउ गाउपालिकाले विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसले गर्दा नेपाल विगत लामाे समयदेखि लकडाउन भइरहेकाे अवस्थामा दैनिक ज्याला,न्यून अाय भएका वर्गहरुमा जीवन गुजारा गर्नेहरुमा जीवन संकट परेकाे भन्दै ६४ घरपरिवारमा राहत कार्यक्रम अगाडि बढाएकाे अध्यक्ष टिकाराम मगरले जानकारी दिए ।
देशकाे सम्पुर्ण अार्थिक गतिविधि ठप्प भएपछि ग्रामीण भेगका दैनिकी मजदुरी गर्नेहरुकाे राेजिराेटिमा समस्या पर्ने भएकाले यस हात्तिकाेट सामुदायिक वन उपभोक्ता समुहद्दारा दाल , चामल , नुन र तेल जस्ता अत्यावश्यक खाध्यहरु वितरण गरेकाे उपभोक्ता समुहका सुर्य केसीले जानकारि दिए ।
लकडाउन कहिले खुल्ने भन्ने बारे कुनै चिन्तन गर्न नसकिएकाले लामाे समय अार्थिक गतिविधि ठप्प भएकाले पुन काेहि भाेकाेपेट भाैतारिन नपराेस भनेर थप राहत पनि केही दिन पछि वितरण गरिने समुहका पुर्वअध्यक्ष तथा विशेष सल्लाहकार विक्रम रानाले बताए ।।