काठमाडौँ, ९ जेठ (रासस) कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराख्नुभएको थियो । निको हुनेमा महिला नौ र पुरुष १२ रहनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ ।
२० दिनको अस्पताल बसाइपछि उहाँहरु आज घर जानुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
