
११जेष्ठ,कपिलवस्तु कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न ं ३ श्री पियुष राज निम्न माध्यमिक विद्यालय बरगदीमा निर्माण गरिएको क्वारेन्टाइनकाे अवस्था नराम्रो रहेकाे छ । निर्माण भएको क्वारेन्टाइनमा पानी , बिजुलीबत्ती , बस्ने समस्या र क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे चेक जाँच केही नभएको त्यस भित्र बसेका व्यक्तिहरुले जानकारी दिएका छन । भारतकाे दिल्ली , बुम्बाइ ,लखनउ , जुजरात लगायतका ठाउँबाट अएका छन ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरुकाे घरबाट सबै परिवारका सदस्यलहरुले खाना लिएर जान्छन् अनि खान्छन् । भारत तिब्र गतीमा फैलिएको काेराेना भाइरसकाे ठाउँबाट अाएका व्यक्तिहरुलाई परिवारका सदस्यहरुले खाना दिन जान्छन् कतिकाे सुरक्षित रहेका छन । परिवारकाे सदस्यहरु स्थानीय सरकार केही व्यवस्था नगरेको र महाराजगन्जकाे नेकपा नगर कमिटी अध्यक्ष विजय जयसवालले धेरै सहयोग र व्यवस्था मिलाउनमा पनि सहयोग गरेका छन ्।