• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विमलसहित तीनको स्थानमा वैकल्पिक खेलाडी टोलीमा


  •     / २०७६, ९ मंसिर सोमबार ०४:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं ः साग फुटबलमा परिबर्तन विमलसहित तीनको स्थानमा वैकल्पिक खेलाडी टोलीमा /

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा कुवेतविरुद्ध खेलअघि टोलीबाट बर्खास्त गरेका तीन खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) पनि गुमाउने पक्काजस्तो देखिएको छ । एन्फाले अनुशासन उल्लङ्घन गरेका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशीलाई टोलीबाट निष्कासन नै गरेको थियो । सन्तोषबाहेक तीन खेलाडी सागको टोलीमा समावेश रहेकाले उनीहरुको सागमा सहभागिताबारे एन्फाले निर्णय गरेको थिएन । तर अब यी तीनै खेलाडीले सागमा सहभागिता नजनाउने देखिएको छ ।

    एन्फा स्रोतका अनुसार यी तीन खेलाडीको स्थानमा वैकल्पिकबाट अन्य तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल यू-२३ टोलीमा सहभागी भइसकेका फरवार्ड प्रेजेन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई टोलीमा समेटिएको छ । तीनै खेलाडीले एन्फा एकडेमी हुँदै नेपालका लागि हरेक उमेर समूहमा खेलेका छन् ।

    भुटानमा भएको कुवेतविरुद्ध खेलका लागि बर्खास्त भएपछि तीनै खेलाडीले सागको प्रशिक्षणमा सहभागी भएका छैनन् । दिनेशले च्यासलका लागि चन्द्रागिरी गोल्डकप अन्तर्गत शनिबार पुलिसविरुद्ध खेल खेलिसकेका छन् । उक्त गोल्डकप एन्फाअन्तर्गत प्रतियोगिता नभएकाले प्रतिबन्ध नलागेको बुझिएको छ ।

    एन्फाले खेलाडीहरुलाई के कस्तो कारवाही हुने अनुशासन समितिको निर्णयपछि मात्र यकिन भन्न सकिने बताउँदै आएको छ । वैकल्पिक खेलाडीलाई प्रशिक्षणमा सामेल गराउनु र अन्य प्रतियोगितामा खेल्नुले पनि अब तीन खेलाडीको सागमा खेल्ने सम्भावना सकिएको बुझ्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. अमेरिकी डलरको विनिमय दर आज कति ?

    • ४. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.