• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विमलसहित तीनको स्थानमा वैकल्पिक खेलाडी टोलीमा


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं ः साग फुटबलमा परिबर्तन विमलसहित तीनको स्थानमा वैकल्पिक खेलाडी टोलीमा /

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा कुवेतविरुद्ध खेलअघि टोलीबाट बर्खास्त गरेका तीन खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) पनि गुमाउने पक्काजस्तो देखिएको छ । एन्फाले अनुशासन उल्लङ्घन गरेका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशीलाई टोलीबाट निष्कासन नै गरेको थियो । सन्तोषबाहेक तीन खेलाडी सागको टोलीमा समावेश रहेकाले उनीहरुको सागमा सहभागिताबारे एन्फाले निर्णय गरेको थिएन । तर अब यी तीनै खेलाडीले सागमा सहभागिता नजनाउने देखिएको छ ।

    एन्फा स्रोतका अनुसार यी तीन खेलाडीको स्थानमा वैकल्पिकबाट अन्य तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल यू-२३ टोलीमा सहभागी भइसकेका फरवार्ड प्रेजेन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई टोलीमा समेटिएको छ । तीनै खेलाडीले एन्फा एकडेमी हुँदै नेपालका लागि हरेक उमेर समूहमा खेलेका छन् ।

    भुटानमा भएको कुवेतविरुद्ध खेलका लागि बर्खास्त भएपछि तीनै खेलाडीले सागको प्रशिक्षणमा सहभागी भएका छैनन् । दिनेशले च्यासलका लागि चन्द्रागिरी गोल्डकप अन्तर्गत शनिबार पुलिसविरुद्ध खेल खेलिसकेका छन् । उक्त गोल्डकप एन्फाअन्तर्गत प्रतियोगिता नभएकाले प्रतिबन्ध नलागेको बुझिएको छ ।

    एन्फाले खेलाडीहरुलाई के कस्तो कारवाही हुने अनुशासन समितिको निर्णयपछि मात्र यकिन भन्न सकिने बताउँदै आएको छ । वैकल्पिक खेलाडीलाई प्रशिक्षणमा सामेल गराउनु र अन्य प्रतियोगितामा खेल्नुले पनि अब तीन खेलाडीको सागमा खेल्ने सम्भावना सकिएको बुझ्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.