• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

शारीरिक अपाङ्गता भएका विपन्न बालबालिकालाई सक्षम परियोजना रुपन्देहीको राहत


  •    सुचना डबली डेस्क / २०७७, १७ जेष्ठ शनिबार ११:०८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    भैरहवा- १७ जेठ  अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले रुपन्देहीका विभिन्न पालिकाका १२ अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजना, सि. बि. एम. को साझेदारी एवं आर्थिक सहयोग तथा विभिन्न नगरपालिका, गाउँपालिकाहरुको समन्वयमा जिल्लाभर रहेका अपाङ्ग बालबालिकामध्ये देवदहका ३, सैनामैनाका ३, कञ्चनका १, बुटवलका १, ओमसतियाका १, सुद्धोधनका १ र सिद्धार्थनगरको २ परिवार गरी १२ अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समय थपिँदै जाँदा गरिखानेका साथै हुनेखानेलाई पनि जीवन गुजारा गर्न धौधौ पर्न थालेको छ । स्थानीय सरकारले अति विपन्न परिवारहरुलाई लक्षित गरी वितरण गरेको राहत पनि लकडाउनको समयावधि थपिँदै जाँदा अबको पछिल्लो दिनमा परिवारको पेट कसरी पाल्ने भन्ने कुराले पिरोल्न थालेको छ । जसको प्रत्यक्ष मारमा शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावकहरु परेको देखिन्छन् ।

    तर अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले वितरण गरेको राहतले ती परिवारहरुको मनमा केही आस पलाएको छ । बन्दाबन्दीका कारण सिर्जना भएको बेरोजगारी र भान्सामा अन्नका गेडाहरु सकिन लागेको भन्दै निन्याउरो भएको अनुहार राहत पाएसंगै हँसिलो देखिएको छ ।उता स्थानीय निकायका सम्बन्धित जनप्रतिनिधिहरु पनि परियोजनाको राहतले हौसिएका छन् । कोरोनाको महामारीबाट देशकै अर्थतन्त्र खल्बलिएको छ । यो विपतको समयमा स्थानीय निकायलाई संघसंस्था तथा सहयोगी हातहरुको योगदानको खाँचो रहेको अवस्थामा परियोजनाको राहत प्रशंसनीय रहेको ओमसतिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवले बताए । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले प्रत्यक्ष मारमा परेका दैनिकी चलाउन नसक्ने शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई राहत वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।त्यस्तै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यस कोरोना महामारीको विपत घडीमा प्रत्यक्ष मारमा परेका अपाङ्ग बालबालिकाका परिवारहरुको चुल्हो बाल्न सहयोग गरेको भन्दै सक्षम परियोजनालाई विशेष आभार प्रकट गरिन् ।
    अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको परियोजनाले हालसम्म करिब १४ सय बालबालिकाहरुलाई उपचारपछि नयाँ जीवन दिएको छ । जिल्लाभरका २२ अति विपन्न परिवारलाई लक्षित गरी वितरण गरिने राहतको पहिलो चरणमा १२ परिवारलाई राहत वितरण गरिएको परियोजनाका लेखा तथा प्रशासनका गोबिन्द दवाडीले बताए ।पहिलो चरणमा १२ घर परिवारका अति विपन्न परिवारलाई प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, २ केजी नुन, ४ पिस साबुन, ५ सय एमएलको सेनिटाइजर वितरण गरिएको हो भने बाँकी १० परिवारलाई यसै साताभित्र वितरण गरिने दवाडीले जानकारी दिए । उनले अपाङ्गता भएका अति विपन्न बालबालिकाको परिवारलाई जीविकोपार्जनमा कुनै समस्या परे दोस्रो चरणमा पनि राहत वितरण गर्न पहल गरिने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उदयपुरमा गठबन्धन विजयी
    नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी
    नेपालले युगान्डासंग आज दोस्रो खेल खेल्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उदयपुरमा गठबन्धन विजयी

    • २. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ३. आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो

    • ४. नेपालले युगान्डासंग आज दोस्रो खेल खेल्दै

    • ५. रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी

    धेरै पढिएको
    • १. थप १३ जनामा कोरोना भाइरस संक्रमण

    • २. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • ३. सर्पले टोकेर दार्चुलामा बालकको मृत्यु

    • ४. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ५. बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.