• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मेस्सीको लक्ष्य : बालोन डी’ओर छैटौं अवार्ड जित्ने


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं : बार्सिलोनाका कप्तान ( अर्जेन्टिनी फरवार्ड ) लिओनेल मेस्सी सन् २०१९ को ब्यालोन डी’ओर उपाधि जित्दै विश्व प्रतिष्ठित यस अवार्ड छैटौं पटक जित्दै कीर्तिमान कायम गर्ने लक्ष्यमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका उनले सन् २०१५ यता यस उपाधि जित्न सकेका छैनन् ।

    मेस्सीले सन् २०१९ मा बार्सिलोनाका लागि ३९ गोल र १४ असिस्ट प्रदान गरेका छन् । उनले गत सिजन बार्सिलोनालाई स्पेनिस लिगको उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए । यसबाहेक बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनल र कोपा डेल रेको फाइनल पनि खेलेको थियो । जारी सिजन पनि बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिगको समूहमा पनि बार्सिलोना शीर्षस्थानमा रहेको छ ।

    डिसेम्बर २ तारिखमा फ्रान्सको राजधानी पेरिसमा हुने समारोहमा मेस्सी उपाधिका दावेदारमध्यका एक हुन् । मेस्सीसँगै युभेन्टसबाट खेल्दै आएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक यस अवार्ड जितेका छन् । यसपटक मेस्सीसँगै रोनाल्डो पनि उपाधिको दावेदारका रुपमा रहेका छन् । यसबाहेक लिभरपुलका डिफेन्डर भर्जील भान डाइकलाई पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ ।

    उनले उक्त अवार्डबारे बोल्दै ओट्रोलाई भने, ‘ ब्यालोन डी’ओर निकै महत्त्वपूर्ण उपाधि हो । विश्व फुटबलकै यस अवार्ड जित्न पाउनु मेरो लागि विशेष रहयो । हालसम्म पहिलो अवार्ड मैले निकै महत्त्वका साथ् हेरेको छु । यो सब म एक्लै मात्र नभएर मेरा समकक्षीको साथ र सहयोगले सम्भव भएको हो । व्यक्तिगत उपाधि भएपनि सबै टोलीका साथीहरु यसका अभिन्न पाटो हुन् ।’

    अर्जेन्टिनाका लागि कप्तानी गर्दै आएका मेस्सीले ५ गोल गर्दै २ असिस्ट प्रदान गरेका छन् । अर्जेन्टिनाले यसै वर्ष सम्पन्न कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा अपेक्षित प्रदर्शन गर्नबाट चुकेका उनले अझैपनि उपाधि खडेरी तोड्न सकेका छैनन् । यसले भने उनको दावेदारी केहि कमजोर हुन सक्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ३. मधेसका ५ सांसद पदमुक्त

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.