• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

यस्तो छ, कोरोना महामारी व्यवस्थापनमा विजयनगर


  •     राम प्रघट कोरी / २०७७, २५ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    विजयनगर,जेष्ठ २५– विश्वभर कोरोनाको महामारी फैलिएको छ । नेपालमा पनि कोरोनाको कहरले देश नै लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गत चैत्र ११ गतेबाट देश लकडाउनको अवस्थामा छ । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गईरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको बेला स्थानीय तहले नेपाल सरकारको निर्देशन अनुसार लागि परेका छन् । स्थानीय तहले आफूसँग उपलब्ध स्रोत साधनहरुलाई प्रयोग गर्दै आइरहेका छन् । यस महामारीको विषम परिस्थितिमा स्थानीय तहले विद्यालयहरुलाई क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । बिदेशबाट आएका र कोरोनाको आशंका लागेका व्यक्तिलाई सुरक्षितका साथ क्वारेन्टाइनमा राख्नका लागि अहोरात्र खट्ने गरेका छन् । स्थानीय तहले आ–आफ्नो नागरिकहरुलाई कोरोनाको महामारीको जोखिमबाट जोगाउन लागी परेका छन् । कोरोना संक्रमितलाई सुरक्षित राख्न आइसोलेशनको अत्यावश्यक छ ।

    देशका विभिन्न ठाउँहरुमा धेरै क्वोरेन्टाइनहरु अव्यवस्थित छन्, क्वारेन्टाइन भए तापनि त्यसमा बसेका व्यक्तिलाई खाना बस्नको राम्रो व्यवस्था नहुँदा क्वारेन्टाइन छोडेर भाग्ने गरेको पनि समाचार सुन्ने, पढ्ने गरेकोसमेत पाइएका छ । दिनहुँ तीव्र गतिमा संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेशनको व्यवस्था हुन सकेका छैन । आइसोलेशन नै नरहेको हँुदा कोरोना संक्रमित व्यक्तिलाई राख्न ठुलै चुनौती भएको छ । आइसोलेशनको निमार्ण भएपनि संक्रमितको संख्या बृद्धि हँुँदै जनाले उनीहरुलाई कहाँ, कसरी राख्ने समस्या देखापर्ने अवस्था आउन बेर नरहेको पनि देखिने अवस्था छ । यति धेरै समस्या तथा चुनौतिको बाबजूद कपिलवस्तुको विजयनगर गाउँपालिका एउटा उदाहरणको रुपमा लिन सकिन्छ । गाउँपालिकाले दिनरात यस महामारीबाट लड्दै आईरहेको छ । चौतर्फी रुपमा समस्याहरु आइरहँदा पनि गाउँपालिकाले उच्च सर्तकतासाथ अगाडी बढिरहेको छ ।

    यस गाउँपालिकाले युवा स्वयम्सेवक परिचालनदेखि लिएर नगर प्रहरी, स्वयम्सेविकासमेत खटाएको छ । विजयनगर अन्य नगरपालिका र गाउँपालिकाको अवस्थाको तुलनामा पूर्ण व्यवस्थित रुपमा देखिएको छ । क्वारेन्टाइनदेखि लिएर आइसोलेशन सेन्टरसम्म सबै सुविधायुक्त र व्यवस्थित रहेका छन् । यस कार्यमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अथक प्रयासको निरन्तरता र जनताप्रतिको चिन्तनको विषयमा संवेदनशील भएको संकेत गरेको देखिन्छ । गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले अहिलेसम्म क्वारेन्टाइन, आइसोलेशन र खाना बस्नको राम्रो व्यवस्थापन गरेको बताउनुभयो । “त्यहाँको व्यवस्थापन पक्षमा कुनै किसिमको समस्या छैन” थापाले भन्नुभयो । “आफ्नो जिम्मेवारीप्रति चिन्ता होइन, चिन्तन गर्नुपर्छ, कामको दौरानमा जस्तोसुकै चुनौति आए पनि समाधान गर्न सकिन्छ” भन्ने तर्कसमेत गर्नुभयो । कोरोनाको महामारी विश्वव्यापी समस्या रहेको बताउँदै नेपालमा पनि तीव्र रुपमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा कोरोना परिक्षणको कीट अभावले प्रयाप्त मात्रामा उपलब्ध हुन नसक्दा क्वारेन्टाइनमा लामो समयसम्म बसेका नागरिकको परिक्षणमा कठिनाई भएको भन्दै थापाले चिन्ता व्यक्ति गर्नभयो ।

    आइसोलेशन सेन्टर सरकारको मापदण्ड अनुसार नै निमार्ण गरी व्यवस्थापन गरिएको बताउनुभयो । विजयनगरले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा हाल २३ जना कोरोना संक्रमितलाई राखिएको जानकारी दिनुभयो । बुद्धभुमीका २ जना, कृष्णनगर नगरपालिकाका १ जना र आफ्नै गाउँपालिकाका २० जना संक्रमितलाई व्यवस्थापन गरिएको बताउनुभयो । आइसोलेशन सेन्टरमा हामीलाई खाना बस्नको कुनै पनि किसिमको कमी नभएको बुद्धभूमी नगरपालिकाका आइसोलेशनमा बसेका एक जना संक्रमित बताएका छन् । उनले भने “हामी स्वास्थ्यकर्मीको निगरानीमा छौँ । हामीलाई समयमै खाना दिएका छन्, आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मीहरुले नै खाना पस्कनेदेखि बिरामी हेरचाह र सरसफाईसमेत गरेका छन् । आफ्नै परिवार जस्तै राम्रो व्यवहार गरिएको छ ।” त्यहाँ शौचालय, पानी र नुहाईधुवाईको सचित व्यवस्थापन गरिएकोसमेत उनले सुनाए । बिहान बेलुका २ पटक खाना, २ पटक खाजा र चिया आफै पकाएर खाने व्यवस्था मिलाइएको उनले बताएका छन् । प्रत्येक दिन माछा, मासु अण्डा लगायत झोलिलो पदार्थ दिएको छ । आर्युबेदिक अस्पतालको तर्फबाट गिलोए चुडा र अम्ला चुडा उपलब्ध उपलब्ध गराइएको आइसोलेशन सेन्टरका प्रमुख बिरेन्द्र कुमार चौधरीले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.