• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोजगारीलाई जोड्दै रुपातालको माछा


  •    रासस / २०७७, २६ जेष्ठ सोमबार १७:४३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पोखरा, २६ जेठ  प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ ।प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै सङ्कटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी गरेको छ ।रामसार सूचीमा सूचीकृत रुपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा २०५८ सालमा स्थापित संस्थाले स्थापनाकालयता तालको संरक्षण र प्रवद्र्धनका साथै तालमा माछा पालेर मनग्य आम्दानी गर्दै आएको छ ।जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीका कारण यस क्षेत्रलाई महत्वपूर्ण स्थालका रुपमा लिने गरिएको रुपातालमा प्राकृतिक आहारा प्रशस्त पाउने हुँदा माछापालन पनि राम्रैसँग फस्टाएको छ । सिमल काँडे, लेउ, करौते, नाभोलगायत विभिन्न झारको चपेटामा परेर तालको सम्पूर्ण भूभाग ढाकी सङ्कटमा पर्दै गएको ताललाई बचाउँदै त्यसबाट आम्दानी गर्दै आएको सहकारीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिनुभयो ।

    “पानीमा मौलाएको झार आहारा बनाउने उन्नत जातका माछाका भुरा प्रत्येक वर्ष तालमा छोड्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हुर्केका माछाले झार खान थालेपछि अहिले तालको मुहार फेरिनाका साथै माछा बिक्रीबाट सहकारीले राम्रो आम्दानी गर्दै आएको छ ।” उहाँका अनुसार रुपातालको स्वादिष्ट माछा बिक्री हुँदैनकी भन्नै पर्दैन, ग्राहक तालको छेउमा रहेको सहकारीको कार्यालयमै खरिद गर्न आउने गरेका छन् । सहकारीले गत वर्ष कूल रु एक करोड ८७ लाख मूल्यबराबरको माछा उत्पादन गरेको थियो । चालू आवको हालसम्म रु एक करोड ४० लाखको माछा उत्पादन भएको छ ।

    प्रत्येक दिन साँझ तालमा सातजना कर्मचारीमार्पम्त तालको छुट्टाछुट्टै स्थानमा सातवटा महाजाल थाप्ने गरेको बताउँदै ढकालले बिहान सबेरै जाल झिक्दा १०० देखि ५०० केजीसम्म माछा पर्ने गरेको छ । सहकारीले तालको माछा छोपेर आम्दानी गर्नेमात्र नभई प्रत्येक वर्ष लाखौँ माछाका भुरासमेत छोड्ने गरेको छ । यस वर्ष ६० हजारभन्दा बढी विभिन्न जातका भुरा छोडिसकिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । संस्थाले पोखरा महानगरपालिका वडा नं ३१ स्थित चौरमा सात रोपनी जग्गा खरिद गरी ह्याचरीसमेत सञ्चालन गरी भुरा उत्पादन तथा हुर्काउने गरेको छ । सहकारीले तालमा अहिलेसम्म ६० लाखभन्दा बढी भुरा छोडेको छ भने स्थानीय जातका माछाको संरक्षण गर्दै आएको छ ।

    दुई दशकअघि ३६ जना शेयर सदस्यबाट रु पाँच हजार लिएर शुरु गरेको सहकारीमा आकर्षण बढेसँगै अहिले ८७२ जना शेयर सदस्य पुगेका छन् । रुपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दालाई संस्थाको शेयर सदस्य बनाउने प्रावधान सहकारीको छ । तालमा उत्पादित माछा रहु, नैनी, कमन, ग्रास भाकुर प्रतिकेजी रु ४५०, सिल्भर रु ३३०, तिलेपिया प्रतिकेजी रु ३०० र लोकल सहर प्रतिकेजी रु एक हजारमा बिक्री गर्ने गरेको सहकारीका उपाध्यक्ष जानुका अधिकारी बताउनुभयो । उन्नत जातका तीन केजीभन्दा बढी तौलको माछाको दर भने केही बढी हुन्छ ।

    संस्थाले जलाधार क्षेत्रअन्तर्गतका १४ वटा सामुदायिक वन समूहलाई रु पाँच÷पाँच हजार, १७ वटा सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्न रु चार हजारका दरले आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्वसमेत पूरा गर्दै आएको उहाँको भनाइ छ । संस्थाले स्थानीय आमा समूह, युवा क्लबलगायत यस क्षेत्रमा हुने विभिन्न मेला महोत्सवमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

    सहकारी स्थापनासँगै शुरुमा तालको दक्षिणतर्फको ४२५ मिटर लम्बाइको सालको खम्बामा कालो नाइलनको जाली राखेर छेकबार निर्माण गरिएको छ । तालमा हुर्केका माछा जोगाउनका लागि छेकबार राखिएको हो । १०७ हेक्टर क्षेत्रफलमा पैम्लिएको रुपा तालको गहिराई चारदेखि ६ मिटर रहेको छ । संस्थाले माछाको संरक्षण, तालको फोहर सरसफाइ र माछा छोप्नका लागि १६ वटा डुङ्गा खरिद गर्नाका साथै तालमा सयर गर्ने पर्यटकका लागि एउटा मोटरबोटसमेत सञ्चालन गर्दै आएको छ । सहकारीमा हाल १९ जनाले प्रत्यक्ष रोजगारको अवसर प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    प्यूठानमा आगोलागिबाट १९ लाख ५४ हजार वरावरको क्षति
    अनलाइन निवन्ध प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.