
जेठ २८, वीरगंज वीरगंजमा रगत अभाव भए पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आकस्मिक रक्तदानको आयोजना गरेको छ । समाजिक र्कायका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले रक्तदान र्कायक्रमको आयोजाना गरेको हो ।
०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारले देशभरी कोरोनाको कारण लकडाउन लागु गर्याे । सामान्य जनजीवन समेत प्रभावित भएको छ । मानिस अस्तित्व नै समाप्त पार्ने गरि आएको महामारीका कारण देशमा बन्दा बन्दि गर्याे । मानिस आवत जावतमा रोक समेत लागेपछि विरगंज रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थाले पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो ।
।
रक्तदान कार्यक्रममा १ महिला सहित १०२ जनाले रगत दिएका फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जनाए । नेपाल सरकारले लागु गरेको बन्दाबन्दिका नियमानुसार गरिएको पर्सा फाउण्डेशन कोषाध्यक्ष मनोहर साहले बताए ।
यद्धपि शुरुमा केही बेर मानिसहरुको उपस्थिति भएपछि भिडभाड बढ्न थालेपछि समाजिक दुरी कायम गराई पुन:ह रक्तदान र्कायक्रम शुरु गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।रक्तदान कार्यक्रममा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो ।