
कृष्णनगर,जेठ ३१
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कलेज काेराेना आइसाेलेसन सेन्टरमा रहेका २५ जना कोरोना संक्रमित १४ दिन पछि घर फर्केका छन्। नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंगकाे समन्वयमा आयसा गर्ल्स कलेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे थियो । काेराेना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे थियो ।
जेठको ११ गते गरिएको पिसिआर टेस्टमा उनिहरू कोरोना संक्रमित देखिएपछि आइसोलेशन सेन्टरमा ल्याइएको थियो । अहिले पनि उक्त कोरोना आइसोलेशन सेन्टरमा केही व्यक्ति रहेका र थप १९ जना कोरोना संक्रमितलाई ल्याउने तयारी भैरहेको कृष्णनगर नगरपालिका स्वास्थ्य संयोजक संकर भट्टराईले जानकारी दिए । १४ दिन पछि कोरोना संक्रमितलाई नगर प्रमुख रजत शाहले दोस्लला ओढाई सम्मान पूर्वक घर पठाए । शिवराज हास्पिटलका मेडिकल सुपरिटेंडेंट नफीस खान, कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख साकिर शाह, वडाध्यक्ष देवानन्द शुक्ल , सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही , कार्यपालिका सदस्य सोनु मोदनवाल लगाएतको उपस्थित थियो ।