बुटवल,जेठ ३१
रोटरि क्लब अफ लुम्बिनी स्टासको क्लब असेम्बलि सम्म्पन भएको छ । क्लबका अध्यक्ष रोटरियन यादब भण्डारीको अध्यक्षता र रोटरी डिस्टीक ३२९२ का निर्वाचित गभर्नर रो राजिब पोख्रेल जेउको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष भरि सम्पन्न गरिएका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षको लागी विभिन्न रणनितिका साथ अघि बढाउने सहितका कार्यक्रम तय गरियको क्लबका निर्वाचित अध्यक्ष रो बालकृष्ण पाण्डेले बताए । आगामी वर्ष २०२०/२१ को लागि नयाँ कार्य समितिलाई पारित गर्दै कार्य योजनालाई छलफल सहित पारित गरिएको थियो ।
निर्वाचित अध्यक्ष बालकृष्ण पाण्डेले आफ्नो वर्ष सफल बनाउन कार्य समितीलाई पुर्णता दिनुका साथै गरिने कार्यक्रमका बारेमा जानकारी गराए । रोटरि का २०/२१ का A.G राजकुमार गुप्ताले रोटरि स्टासको हरेक योजना र कार्यक्रममा पुर्ण सहयोग सहित आफ्ना विचार राखेका थिए ।
रोटरी क्लुब अफ सेन्टल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले यो बर्ष रोटरि स्टार्टस सङ धेरै राम्रा कार्यक्रम सङै आयोजना गर्न पाउदा खुशी व्यक्त गरे । रोटरि डिस्टिक ३२९२ का निर्वाचित अध्यक्ष रो राजिब पोख्रेलले रोटरिको पब्लिक इमेजलाई जोड दिदै समाजका हरेक सामाजिक कार्यक्रममा रोटरि स्टार्टसले भुमिका खेल्नु पर्ने बताए । कार्यक्रम अनलाईन जूम भिडियोबाट सम्पन्न गरिएको थियो ।







