
प्यूठान,असार,१
नेपालमा विगत दश बर्षदेखि स्थापना भएकाे स्कुल अफ डेमोक्रेसी प्युठानकाे पहिलाे नेतृत्व नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता प्रमाेद पाेख्रलले पाउनुभएकाे छ। एक दशक जति पत्रकारिता पेशामा अाबद्व भई संचारमाध्यम मार्फत समाज परिवर्तनकाे दिशामा अगाडि बढेका पाेख्रेल विगत केही वर्ष देखि सेवा पेशामा आवद्व छन।
गएकाे स्थानियतहकाे निर्वाचनमा झिमरुक गाउपालिककाे अध्यक्ष पदमा चुनाब लडेका पाेख्रेल शैक्षिक क्षेत्रमा अब्बल छन।अाफुले नेतृत्व पाएकाे संस्थाले क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्नुका साथै अार्थिक सामाजिक राजनैतिक परिवर्तनमा ठुलाे भुमिका खेल्ने बताउछन। संस्थालाई लोकतान्त्रिक मूल्य मान्यताका बारेमा सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्ने लक्ष्य राखिएको हुदा जिल्लामा सबै स्थानिय तहमा गठन गरिने पाेख्रेल बताउछन।