• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गुल्मी चन्द्रकोट–रुपन्देही मन्चद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


  •    सुचना डबली डेस्क / २०७७, ३ असार बुधबार प्रकाशीत

  • Advertisement

    गुल्मी, असार २ गुल्मी चन्द्रकोट-रुपन्देहि सम्पर्क मन्च बुटवलले  कोभिड-१९  महामारिले अाक्रान्त यो समयमामा गुल्मीको चन्द्रकोट गाउँपालिका , कालीगण्डकी गाउँपालिका तथा सत्यवति गाउँपालिका लाई अार.डि.टी किट, भि.टि.एम , पि.पि.ई तथा विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।

    गुल्मी चन्द्रकोट स्थाई घरभई कामको विभिन्न सिल्सिलामा रुपन्देहीमा वसोवास गर्ने चन्द्रकोटेहरुको मन्चले समय समयमा विभिन्न सामाजिक काम गरिरहेको हुन्छ । यस्तै सन्दर्भमा हालको यो महामारी अवस्थालाई ध्यानमा राखि  कोभिड-१९ को प्रभावलाइ केही हद सम्म भएपनि सहज गर्ने हेतुले यो कार्य गरेको मंन्चको भनाई छ। मंन्चले कालिगण्डकी गाउँपालिका को लागि ३०० थान  अार.डि.टी कीट, ३ सेट पि.पि.ई तथा केही थान मास्क वितरण गरेको हो  ।

    त्यस्तै सत्यवति गाउँपालिकाको लागि ३०० थान अार.डि.टी कीट, १५ सेट  पि.पि.ई , भि.टि.एम ५० थान तथा केही थान मास्क वितरण गरिएको छ । चन्द्रकोट गाउँ पालिकामा ४०० थान अार.डि.टी कीट , ८ सेट पि.पि.ई , केही थान मास्क वितरण गरेको हो। स्वास्थ सामाग्री हस्तान्तरण गर्दै मंन्चका अध्यक्ष देव गरुङ्ले सामाजिक सद्भाव, सहकार्य,अाजको अावस्यकता रहेको वताउनुभयो

    यस्तो माहामारिको वेला सबै अाअाफ्नो स्थानबाट सहयोगमा जुट्न तथा सुरक्षीत रहन सबैमा अपिल गर्नु भयो । कार्यक्रमा वोल्दै मन्चका सचिव चिरन अर्यालले अाफु वाचौ र अरुलाई पनि वचाँउं भन्ने उद्धेश्य अनुरुप कार्य गरेको वताउदै विभिन्न स्वास्थ सामाग्री उपलब्ध गराउन पुर्णत सहयोग गर्नु भयकोमा प्रदेश ५ सामजिक विकास मन्त्रालय तथा माननीय मन्त्री सुदर्सन वराललाई धन्यवाद व्यक्त गर्नु भयो । कोभिड-१९ माहामारिको यो विश्व अवस्था तथा समग्र मन्चका गतिविधिमाथि प्रकासपार्दै कोहि पनि  यस महामारीबाट हतास वन्न नहुने वरु संयमता तथा सतर्कता अझवढि अपनाउन मंचका उपाध्यक्ष तथा वरिष्ठ पत्रकार घनश्याम गौतमले सबैमा अपिल गर्नुभयो।

    स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा मंन्चका अध्यक्ष देव गुरुङ , उपाध्यक्ष घनश्याम गौतम, सचिव चिरन अर्याल , कोषाध्यक्ष शोभित श्रेष्ठ तथा सदस्य प्रकाश भण्डारि उपस्थित हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा सत्यवति गा.पा. अध्यक्ष पारेश्वर ढकालले स्वास्थ सामाग्री सदरमुकाम अाउने तर पालिका लेवल सम्म नअाई सक्ने यो विकराल अवस्थामा चन्द्रकोट सम्पर्क मन्चले पालिका सम्मनै ल्याई वितरण गरेकोमा मंन्च परिवार प्रति अाभार प्रकट गर्नु भयो  । चन्द्रकोट गा.पा. अध्यक्ष दोर्ण बहादुर खत्रीले चन्द्रकोट रुपन्देही सम्पर्क मंन्च तथा सामाजिक विकास मन्त्री मानिय सुदर्शन वराल लाई अाभार पर्कट गर्दै अागामि दिनमा पनि सहयोगको अपेक्षामा रहेको वताउनुभयो । कार्यक्रममा चन्द्रकोट गापा को तर्फवाट अध्यक्ष , उपाध्यक्ष तथा सम्पुर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु समाज सेवि ब्यत्तिहरुको उपस्थि रहेको थियो ,कार्यक्रम पुर्ण सामाजिक दुरि कायम गरि संचालन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.