• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’


  •    रासस / २०७७, ४ असार बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, असार ४ सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् । गत आव ०७५÷०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ ।

    पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन् ।अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु एक सय पालिकामा रहेका दुई सहकारीमार्फत जम्मा गरिएको छ । चालु आवमा मासिक रु २ सय जम्मा गर्ने तयारी भइरहेको छ । सो कार्यक्रमका लागि गत वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शीर्षकमा रु दुई लाख ५० हजार विनियोजन भएको थियो । उक्त विनियोजित रकममार्फत पालिकाभित्रका ७८ छोरीले रु ६० हजार ६ सय बराबरको रकम प्राप्त गरेका छन् ।

    चालु आवमा कार्यक्रमका लागि पालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । सोहीअनुसार एक छोरीलाई रु दुई सयका दरले सहकारीमा केही दिनमै रकम जम्मा गरिदिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताउनुभयो । सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । गाउँमा छोरी भएका कारण हुने भु्रणहत्या, बालविवाह तथा आर्थिक समस्याका कारण बीचमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.