
काठमाडौं असार ५, नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिले सम्मकै उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार सुन ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।