
बुटवल, असार ५ सामाजिक कार्यहरुमा अग्रसर राेटरि क्लब र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले पब्लिक इमेज अवार्ड प्रतियोगिता संचालन गर्दैछ ।
नेपाल भरिका सबै राेट्याकट् क्लब सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद १०००० र अवार्ड प्रमाणपत्र र द्वितीयलाई नगद ५००० सहित अवार्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।यो कार्यक्रम गर्नाको उद्देश्य बताउदै अध्यक्ष भट्टराई भन्छन, मानौ हामी वृहत स्वास्थ शिविर केहि दिनमा गर्दैछौ । आज हामीले न्युज मिडियाबाट समाचार प्रसारण गर्यौ भने अरु धेरै मानिसलाई उक्त शिविरको बारेमा थाहा हुन्छ । धेरै समुदाय र मानिसले उक्त कार्यक्रमबाट फाइदा लिन सक्छन् ।
त्यसैले हामी सम्पुर्ण राेटरि र राेट्याकट्ले प्रदान गर्ने हरेक सेवा र सुविधा धेरै भन्दा धेरै समुदाय र मानिसले उपयोग गर्न पाउन भन्नको लागि न्युज मिडियाको सहयोगबाट अझै बढी सहयोग गर्ने उद्देश्य रहेको बताए ।प्रतियोगितामा नेपालभरिका राेट्याकट् क्लबहरु मध्य जुन क्लबले बढी सामाजिक काम गरेको छ , सोहि क्लबलाई पब्लिक इमेजको मुल्यांकन गरि प्रथम र द्वितीय छुट्टाइ पुरस्कार वितरण गरिने क्लबका पुर्व अध्यक्ष बाबुराम बन्जाडेले बताए ।
राेट्याकट् नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताले सबै क्लबलाई अझै बढी समाज सेवा गर्नको लागि प्रेरणा दिने क्लबका पुर्व अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।रोटरिका अध्यक्ष तुल्सी घिमिरेले पब्लिक इमेजमा जोड दिदै रोटरि र राेट्याकट् डाउन टाउन समाज सेवामा सधै अग्रसर रहेको बताए । उक्त प्रतोयोगिताको अन्तिम नतिजा असार १३ गते गरिने क्लबका सचिब सौरभ भुसालले जानकारी दिए ।