काठमाडौं , असार ७ सुनको मुल्यमा रेकर्ड क्रममा जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको बताएको छ ।
छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।यस्तै तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको छ।